बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अहमदावाद विमान दुघर्टना : अन्तिम १० मिनेटको डेटा छैन ब्ल्याक बक्समा

आइतबार, ११ साउन २०८२, १३ : ४६
आइतबार, ११ साउन २०८२

नयाँ दिल्ली । गएको १२ जुनमा अहमदावादमा दुघर्टना ग्रस्त भएको एयर इन्डियाको एआई–७१ (बोइङ ७८७–८)को जाँचमा विमानको ब्ल्याक बक्सबारे नयाँ खुलासा भएको छ । विमानमा पावर सप्लाई बन्द भएर दुघर्टना भएको १० मिनेटसम्मको हरेक चिज ब्ल्याक बक्समा रेकर्ड हुन्थ्यो । तर सो विमानको दूघर्टनामा यस्तो भएको छैन । एयरक्राफ्ट एक्सिडेन्ट एन्भेष्टिगेशन ब्युरो (एएआईबी)ले दुघर्टनाबारे जारी गरेको प्रारम्भिक प्रतिवेदनमा यो कुरा बताइएको छ । 

अनुसन्धानको क्रममा विमानको अन्तिम मेडे कल भारतीय समय अनुसार १३ः ३९ः०५ मा आएको थियो । विमान १३ः ३९ः११ मा दुर्घटनाग्रस्त भयो । यस समयमा पनि ब्ल्याक बक्सको रेकर्डिङ रोकिएको थियो ।

त्यसैले यहाँ गडबडीको आशंका गरिएको छ । दुर्घटनापछि, रिप्स प्रणालीबाट ब्ल्याक बक्समा रेकर्डिङ हुनुपथ्र्या । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र संघीय उड्डयन प्रशासनको नियम अनुसार यो हुन्छ हुन्छ । 

बोइङ–७८७ जस्ता विमानहरूमा अगाडिको एन्हान्स्ड एयरबोर्ड फ्लाइट रेकर्डरमा रिप्स प्रणाली जडान गरिएको हुन्छ । तर अवतरणको समयमा एआई–१७१ दुघर्टना भएपछि रिप्सबाट रेकर्डरलाई पावर सप्लाई बन्द भयो ।

रिप्स फेल भयो भने अनुसन्धानकर्ताहरूले दुघर्टनाका अन्तिम क्षणबारे कुनै भरपर्दो जानकारी पाउँदैनन् । ब्ल्याक बक्समा इन्जिन पुनः स्टार्ट गर्ने कोसिस भइरहेको समयदेखिको मात्रै रेकर्डिङ छ । रिप्स कसरी फेल भयो ? गल्ती कहाँबाट आयो? यसबारे अहिलेसम्म कुनै आधिकारिक स्पष्टीकरण आएको छैन । 

विमान दुर्घटनाको धेरै महत्त्वपूर्ण मिनेटहरूको प्रमाण हराएको विज्ञहरू भन्छन् । विमान दुर्घटनाको धेरै महत्त्वपूर्ण मिनेटहरूको प्रमाण हराएको नागरिक उड्डयन कम्पनी सेफ्टी म्याटर्सका संस्थापक अमित सिंहले भनेका छन् । यसकारण ब्ल्याक बक्स र ‘चेन अफ कस्टडी’को विश्वसनीयता समेत अब शंकाको घेरामा भएको उनले बताए । 

त्यसोभए रेकर्डर के विमानको पावरमा मात्र चलिरहेको थियो ? रिप्स चलेकै थिएन ? दुर्घटनामा विमान यति धेरै बिग्रियो अनि रिप्स नै निष्क्रिय भए त ? यो गडबडी प्राविधिक मात्र होइन, यो नियामक उल्लङ्घन पनि हो । विमानमा रिप्स विकल्प होइन, यो एक अनिवार्य सुरक्षा प्रणाली हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप