क्यान प्रवक्तालाई प्रश्न : एनपीएलको खर्च विवरण सार्वजनिक गर्न किन ढिलाइ ?
सारांश
- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको तयारी सुरु गरेको छ, जसको अक्सन साउन २४ गते हुनेछ।
- क्यानले पहिलो सिजनको खर्च विवरण सार्वजनिक नगरेकोमा आलोचना भइरहेको छ, तर प्रवक्ताका अनुसार केही दिनमा सार्वजनिक गरिनेछ।
- प्रवक्ताका अनुसार खर्च विवरण तयार पार्न र सार्वजनिक गर्न समय लागेको कारण धेरै आर्थिक कारोबार र ठूलो बजेट हो।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको तयारीमा नेपाल क्रिकेट सङ्घ (क्यान) लागि सकेको छ । यसको अक्सन साउन २४ गते हुँदैछ ।
पहिलो सिजनमा करिब १ अर्ब बराबरको ‘भ्यालुएसन’ भएको क्यानले जानकारी दिएको थियो । दोस्रो सिजनमा आउँदा यो अझै बढ्ने अनुमान गर्न सकिन्छ ।
फ्रेन्चाइजीहरूले पनि विदेशी खेलाडीहरू भित्राउँदा धेरै खर्च गर्ने बताएका छन् । प्रतियोगितामा सहभागी टिमहरूले केही खेलाडी पनि रिटेन गरिसकेका छन् ।
दोस्रो सिजनका लागि क्यान लागिरहँदा पहिलो सिजनको खर्च विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन । क्यानले यसको जिम्मेवारी आफ्नो ‘गभर्निङ बडी’लाई दिएको थियो । तर, क्यानले हालसम्म पनि खर्च विवरण सार्वजनिक गर्ने कुरामा कुनै चासो देखाएको छैन ।
क्यानका प्रवक्ता छुम्बी लामाले अब केही दिनमा नै क्यानको ‘गभर्निङ बडी’ ले खर्च विवरण तयार गर्ने बताए । सो विवरण क्यानको बोर्ड बैठक बसेर अनुमोदन गरेपछि खर्च विवरण सार्वजनिक गर्ने योजना भएको उनको भनाई छ ।
‘गभर्निङ बडी’ ले केही दिनमा हामीलाई खर्च विवरण बुझाउँछ । त्यसपछि क्यानको बोर्ड बैठक बसेर अनुमोदन गरिनेछ । अनुमोदन भए लगत्तै हामी सार्वजनिक गर्छौँ,’ लामाले रातोपाटीसँगको कुराकानीमा भने ।
एनपीएलको खर्च विवरण सार्वजनिक हुने प्रक्रिया ४ दिनपछि सुरु हुने क्यानको भनाइ छ । धेरै खर्च भएका कारण पनि प्रक्रिया लामो भएका प्रवक्ता लामाले जानकारी दिए ।
‘पहिलो सिजन हो, टिमसँगको आर्थिक कारोबार ठुलो छ । खेलाडीसँगै टिकट र अन्य कुराहरू जोडिएका छन् । यसको बजेट पनि धेरै भएका कारण हामीलाई अलि बढी समय लागेको हो,’ लामाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण