आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना

बुधबार, १४ साउन २०८२, ०४ : ११
बुधबार, १४ साउन २०८२

सारांश

  • वैशाखदेखि हालसम्म देशभर १ हजार ११ वटा आगलागीका घटना हुँदा १५ जनाको मृत्यु भएको छ।
  • विपद्जन्य घटनामा २ हजार ४ सय ५६ घटना हुँदा २८ जनाको चट्याङबाट र १२ जनाको पहिरोबाट ज्यान गएको छ।
  • सर्प दंश, जनावर आक्रमण, लेक लाग्ने, र हावाहुरीका कारण पनि मानिसहरुको मृत्यु भएको छ।

काठमाडौँ । गत वैशाखदेखि हालसम्म १ हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १ सय ४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १ सय २४ घर परिवार प्रभावित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म विपद्जन्य दुई हजार ४ सय ५६ घटना भएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा २ सय ४३ वटा चट्याङको घटना रेकर्ड भएको छ । चट्याङमा परेर २८ जनाको ज्यान गएको छ । एक सय ६९ जना घाइते हुँदा चट्याङका कारण दुई सय ८३ घरपरिवार प्रभावित भएका छन् ।

सो अवधिमा सर्प दंशका ६६ घटना हुँदा आठ जनाको ज्यान गएको छ भने कुल ६४ जना घाइते हुँदा ७३ परिवार प्रभावित भएका छन् । जनावर आक्रमणका मात्रै एक सय ३४ घटना हुँदा १२ जनाको ज्यान गएको छ । कूल ६२ जना घाइते हुँदा दुई सय छ परिवार प्रभावित भएका छन् । लेक लागेर १२ जना, हावाहुरीका कारण १२ जनाको ज्यान गएको छ ।

यस्तै, पहिरोका मात्रै २ सय ४१ घटना हुँदा १२ जनाको निधन भएको छ । हावाहुरीका कारण २ सय ७६ घटना हुँदा आठ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । मंगलबार मात्रै बाढीका आठ, पहिरोका १६, आगलागीका पाँच, जनावर आक्रमणका तीन घटना भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप