सिरहामा ८० वर्षीय वृद्धको धारिलो हतियार प्रहार गरी हत्या
सारांश
- सिरहाको धनगढीमाईमा ८० वर्षीय फनिलाल यादवको धारिलो हतियार प्रहारबाट हत्या भएको छ।
- मृतकका छोराका अनुसार यादवलाई सुतिरहेको अवस्थामा अज्ञात समूहले आक्रमण गरेको थियो।
- घटनापछि स्थानीयले राजमार्ग बन्द गरी प्रदर्शन गरेका छन्, र प्रहरीले अनुसन्धान सुरु गरेको छ।
सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–११ आमचौकमा मंगलवार राति स्थानीय ८० वर्षीय फनिलाल यादवको धारिलो हतियार प्रहारबाट हत्या भएको छ। यादवमाथि राति सुतिरहेको अवस्थामा अज्ञात समूहले टाउकोमा धारिलो हतियारले आक्रमण गरेको मृतकका छोरा कपिलदेव यादवले बताए । बिहान अबेरसम्म नउठेपछि परिवारजनले बोलाउन गएका बेला उनी गम्भीर घाइते अवस्थामा भेटिएका थिए।
परिवारले तत्काल लहानस्थित प्रादेशिक अस्पताल पुर्याए पनि उपचारका क्रममा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जनाएका छन् ।
घटनाको जानकारी गराउँदा प्रहरी समयमै घटनास्थल नआएको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्गस्थित धनगढी बजारमा टायर बालेर करिब एक घण्टा सडक अवरुद्ध गरेका छन् । ‘हत्यारालाई पक्राउ गर’ ‘प्रहरी प्रशासन मुर्दावाद’ जस्ता नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार सो घटनाबारे प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवाद वा पुरानो रिसिइबीको आशङ्का गरिएको छ। घटनाका सम्बन्धमा अनुसन्धान तीव्र पारिएको र दोषी पहिचान गरिनासाथ कानुनी कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण