आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बिजसर्भ आईटीले पायो अन्तर्राष्ट्रिय सुरक्षा मान्यता

बुधबार, १४ साउन २०८२, १३ : २५
बुधबार, १४ साउन २०८२

काठमाडौं । नेपाली सूचना प्रविधि कम्पनी बिजसर्भ आईटीले भुक्तानी कार्डसम्बन्धी विश्वव्यापी सुरक्षा मापदण्ड निर्माण र अनुगमन गर्ने संस्था पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्ड्स काउन्सिल (PCI SSC) बाट क्वालिफाइड सेक्युरिटी एसेसर (QSA) को मान्यता प्राप्त गरेको छ।

यस मान्यतासँगै बिजसर्भ आईटीले अब नेपालमै अन्तर्राष्ट्रिय स्तरमा मान्य 'पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटी स्ट्यान्डर्ड (PCI DSS)' को कम्प्लायन्स मूल्यांकन सेवा प्रदान गर्न पाउने भएको छ।

भिसा, मास्टरकार्ड, अमेरिकन एक्सप्रेस, डिस्कभर र जेसीबीजस्ता प्रमुख भुक्तानी सेवा प्रदायकहरूले स्थापना गरेको PCI SSC ले भुक्तानी कार्ड प्रयोग गर्दा कार्डधनीको डेटा सुरक्षित राख्नुपर्ने मापदण्ड तय गर्ने र त्यसको अनुगमन गर्ने जिम्मेवारी लिन्छ। QSA को मान्यता पाउनका लागि कुनै पनि कम्पनीले प्राविधिक दक्षता, संस्थागत संरचना र व्यावसायिक आचरणजस्ता कडा मापदण्डहरू पार गर्नुपर्छ।

सन् २०१३ देखि सूचना सुरक्षाको क्षेत्रमा कार्यरत बिजसर्भ आईटीले यो उपलब्धिलाई नेपालको साइबर सुरक्षाको दिशामा एक महत्वपूर्ण फड्को भनेको छ। कम्पनीका अनुसार यो मान्यतासँगै बिजसर्भले PCI DSS मूल्यांकन गर्ने आधिकारिक अनुमति पाएका विश्वका ५० भन्दा कम देशहरूको सूचीमा नेपाललाई समावेश गराएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप