आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

बिहीबार, १५ साउन २०८२, ०६ : २१
बिहीबार, १५ साउन २०८२

सारांश

  • आजको राशिफल अनुसार, मेष राशिका व्यक्तिलाई जीवनसाथीको सहयोग मिल्नेछ, व्यापार फस्टाउनेछ, र शेयर बजारमा उतारचढाव रहनेछ।
  • वृष राशिका व्यक्तिले प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्दा अन्ततः सफलता पाउनेछन्, र प्रेम सम्बन्धमा विश्वास बढ्नेछ।
  • कर्कट राशिका व्यक्तिलाई आमा वा आफन्तको सहयोग मिल्नेछ, पारिवारिक सम्बन्ध सुदृढ हुनेछ, र शेयर बजारमा लगानी गर्दा लाभ हुनेछ।

वि.सं.२०८२ साल साउन १५ गते । बिहीबार । इस्वी सन् २०२५ जुलाई ३१ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–सप्तमी, ५६ घडी २९ पला, रातको ४  बजेर २९ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–चित्रा, ४८ घडी ५७ पला, रातको १ बजेर २ मिनेट उप्रान्त स्वाती ।

योग– साध्य, अहोरात्र । करण–गर, दिउसो ३ बजेर ८ मिनेट उप्रान्त वणिज, रातको ४ बजेर ३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–चर योग । चन्द्रराशि–कन्या, बिहान ११ बजेर ४९ मिनेट उप्रान्त तुला । खीर खाने दिन । तुलसीदास जयन्ती ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर २७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५१ मिनेट । दिनमान ३३ घडी ३२ पला ।  

आजको बार बेला 
बिहान ५ बजेर २७ मिनेटसम्म शुभ बेला ।
बिहान ५ बजेर २८ मिनेटदेखि बिहान ७ बजेर ७ मिनेटसम्म रोग बेला ।
बिहान ७ बजेर ८ मिनेटदेखि बिहान ८ बजेर ४८ मिनेटसम्म उद्वेग बेला ।
बिहान ८ बजेर ४९ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ३० मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर १० मिनेटदेखि दिउसो १ बजेर ५० मिनेटसम्म अमृत बेला ।
दिउसो १ बजेर ५१ मिनेटदेखि दिउसो ३ बजेर ३१ मिनेटसम्म काल बेला ।
दिउसो ३  बजेर ३२ मिनेटदेखि बेलुकी ५ बजेर ११ मिनेटसम्म शुभ बेला ।
बेलुकी ५ बजेर १२ मिनेटदेखि बेलुकी ८ बजेर ११ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउसो १ बजेर ४९ मिनेटदेखि दिउसो ३ बजेर ३० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट :राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ३ बजेर ५१ मिनेटदेखि बिहान ४ बजेर ३९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवनसाथीको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । शेयर बजारमा तीव्र उतारचढावका बिच नाफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजीमूलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा बिलासी सामान हात लागी हुने योग रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जानेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार वा वित्तीय क्षेत्रमा लगानी बढाई मनग्गे लाभ हुनेछ

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) वित्तीय क्षेत्रसँग सम्बन्धित पेसा व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईँले गरेको पेसा व्यवसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनाले आम्दानी बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन उत्तम रहेको छ । बौद्धिक कार्यक्रममा सहभागी भई आफ्नो प्रस्तुति प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न  सकिनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समयले साथ दिने हुँदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थ काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सूचना प्रविधिको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । शेयर बजार, अनलाइन व्यापार, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  व्यापार वा शेयर बजारमा लगानी बढाउने समय रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ भने आफन्त तथा कुटुम्बको सहयोग पाइनेछ । ज्ञान, कला तथा साहित्यलाई निखार्न सकिनेछ । बिचार र बोलीले धेरैको मन जित्न सकिनेछ । परिवारका साथ रमाइलो यात्रा गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  नयाँ कामको प्रस्ताव आउनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न  सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । खोजीमूलक क्षेत्रमा रुची बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । पुँजी बजारमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ । बिहानको समयमा लामो दुरीको यात्राको तय हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय राम्रो रहेकोले विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधीजन्य व्यापारबाट लाभ लिन सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक क्षेत्र तथा पुँजी बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । तर पनि गैह्रन्यायिक काम नगर्नुहोला दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नेछन् । व्यापार तथा शेयर बजारबाट आम्दानी बढ्नेछ । परिवारका इच्छा, आकांक्षा तथा मनोकामना पूर्ति गर्न सकिनेछ । पैतृक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानीमा वृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरूलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्रा हुनेछ । राज्यबाट अवसर प्राप्त हुनेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापार  तथा शेयर बजारमा आज गरिने लगानी आगामी दिनमा आम्दानीको गतिलो स्रोत बन्नेछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने वातावरण बन्नेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मध्यान्हबाट भाग्य तथा धर्म भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । पढाइ लेखाइको लागी समय उत्तम रहेको छ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रबल सम्भावना रहेको छ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय राम्रो रहेकोले नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ । गहिरो अध्ययन तथा अनुसन्धानमा जुट्नु पर्ने समय रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ भने थप लगानी गर्ने वातावरण बन्नेछ । तर पनि लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ।

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप