कांग्रेस र एमालेबिच भएको सहमतिले राजनीतिक स्थायित्वको वातावरण बन्दै गयाे : उपप्रधानमन्त्री सिंह
सारांश
- उपप्रधानमन्त्री प्रकाशमान सिंहले कांग्रेस र एमालेबीचको सहमतिले राजनीतिक स्थायित्व बढाउने बताए।
- उनले ६-६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको र पार्टीलाई विधि विधान अनुसार लैजानुपर्ने कुरामा जोड दिए।
- सिंहले आफू पार्टी सभापति र प्रधानमन्त्री बाहेक सबै पदमा पुगेको अनुभव सुनाए।
काठमाडौँ । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेस र एमालेबिच भएको सहमतिका कारण मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै गएको बताएका छन् ।
बिहीबार नेपाली कांग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा सिंहले दुई दलबिच भएको सात बुँदे सहमतिका कारण ६–६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको र मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै गएको बताएका हुन् । उनले आफूहरू सत्तामा जान र मन्त्री वा प्रधानमन्त्री हुन मात्रै सातबुँदे सहमति नभएको स्पष्ट पारे ।
कांग्रेस नेता समेत रहेका सिंहले पार्टीलाई विधि विधान अनुसार नै संस्थागत गरेर अघि बढाउनुपर्नेमा जोड दिए । उनले कांग्रेसलाई विभिन्न चुनौती सामना गर्न सक्ने गरी पार्टीको नेतृत्व गर्ने चाहना रहेको समेत बताए ।
सिंहले आफू पार्टी सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा पुगेकाले आफूसँग भएका अनुभव सबैलाई बाँड्दै पार्टीलाई बलियो बनाउन लाग्ने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण