शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को ट्रेलर सार्वजनिक

बिहीबार, १५ साउन २०८२, १९ : ०१
बिहीबार, १५ साउन २०८२

काठमाडौँ । चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ । ट्रेलरले तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको सङ्घर्ष देखाएको छ । 

आफूभित्र रहेको लिंगिय पहिचान उजागर गर्न खोज्ने छोरो र त्यसलाई दबाउन खोज्ने बुबाबिचको सङ्घर्ष र तनावलाई ट्रेलरमा देख्न सकिन्छ । 

सानैदेखि महिलाको पहिरन मनपराउने छोरोलाई बाउले लाउरे बनाउन जबरजस्ती दिएको दबाबाट कसरी ऊ बाहिर निस्किन्छ ट्रेलरमा देखाइएको छ ।  ट्रेलरमा चलत्रिचका मुख्य पात्र नाजिर हुसेनलगायत अन्य कलाकारलाई देख्न सकिन्छ । 

चलचित्र भदौ १३ गते रिलिज हुँदै छ । समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र लैङ्गिक अल्पसङ्ख्यक पारालैंगिक पात्रको कथामा बनेको छ ।

चलचित्रमा नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

नेपालको पहिलो पूर्ण रूपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ । चलचित्रमा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् ।

चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप