आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
साप्ताहिक राशिफल

कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल

आइतबार, १८ साउन २०८२, ०४ : २८
आइतबार, १८ साउन २०८२

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सोमबारसम्मको समय मध्यम रहेकोले व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा औषधी उपचार खर्च बढ्नेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । मंगलबारबाट समय राम्रो रहेकोले अध्ययन तथा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । शेयर बजार तथा व्यापारमा सुझबुझका साथ लगानी गर्दा धनधान्य तथा सुखमा वृद्धि हुनेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासिल गर्न सकिनेछ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा aaरमाइलो ठाउको भ्रमण हुनेछ ।  

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले शैक्षिक वा धार्मिक यात्रा हुने योग रहेको छ । धार्मिक पुस्तक अध्ययन गरी ज्ञान आर्जन गर्न सकिनेछ भने धर्मसँग सम्बन्धित सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । शिक्षा क्षेत्र, शेयर बजार, पहिरन तथा खाद्यान्नमा गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय शुभ रहेको छ । गीत सङ्गीत तथा कला क्षेत्रमा समय दिनेहरूका लागी समय उत्तम रहेको छ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले काम गर्दा ध्यान दिनुहोला अवसरवादीहरूले फसाउन सक्छन् । राजनीति तथा समाजसेवामा काम गर्दा ध्यान दिनुहोला आलोचना गर्नेहरू वा खुट्टा तान्नेहरू हाबी हुनेछन् । कष्टकर धार्मिक यात्रा हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

औद्योगिक क्षेत्र, शेयर बजार तथा व्यापारमा सुझबुझका साथ लगानी गरी नाफा कमाउन सकिनेछ भने बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । शुभ चिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछन् । भौतिक सम्पत्ति तथा बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धवहरूको सहयोग तथा समर्थन पाइने हुनाले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । शुक्रबार र शनिबारको समय मध्यम रहेकोले आफन्त तथा चेली माइती बिच बैमानस्याता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

साताको समय राम्रो रहेकोले बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पुराना ऋण तथा रोगबाट मुक्ति पाउने समय रहेको छ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न  सकिनेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सोमबारसम्मको समय मध्यम रहेकोले राजनीति तथा सामाजिक काममा हतारमा निर्णय गर्दा आलोचना हुनेछ । आफन्त तथा परिवारलाई समय दिन नसक्दा तपाईँदेखि रिसाउनेछन् । प्रेममा एक अर्काको भावना नबुझ्दा टाढिनु पर्ने बाध्यता आउन सक्छ । मंगलबारबाट वित्तीय क्षेत्रसँग सम्बन्धित पेसा व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईँले गरेको पेसा व्यवसायमा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनाले आम्दानी बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन उत्तम रहेको छ । बौद्धिक कार्यक्रममा सहभागी भई आफ्नो प्रस्तुति प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले आÏनै मेहनतले व्यवसायमा फड्को मार्न सकिनेछ । वित्तीय बजारमा लगानी गरी आगामी दिनमा नाफा कमाउन सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मूल्याङ्कन हुनेछ । दाजुभाइ तथा छिमेकीको सँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।  मंगलबार र बुधबारको समय मध्यम रहेकोले आफन्त तथा साथी भाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आइसकेको काम अरूले नै फुत्काउनेछन् ।
 
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ भने लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारमा मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण सामाग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । बैक तथा वित्तीय क्षेत्र वा शेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने जीवन साथीको सहयोगले नयाँ काम गर्न सकिनेछ । अध्ययनकै सवालमा यात्राको योग बन्नेछ । शुक्रबारबाट समय मध्यम रहेकोले घरायसी कुरामा आफन्त तथा कुटुम्बसँग विवाद हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या देखिने तथा दैनिकी प्रभावित हुनेछ । लगानीको लागी अध्ययनको जरुरी देखिन्छ।
 
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

साताको समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । सूचना प्रविधिको प्रयोग गरी नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइका अलावा खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ ।  व्यापार, वित्तीय क्षेत्र र उद्योगमा गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ । खाद्यान्न तथा होटेल रेस्टुरेन्टको लगानीबाट मनग्गे आम्दानी हुनेछ । निर्माण सामाग्री, गरगहना तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ भने रमाइलो स्थानको यात्रा गर्ने अवसर जुर्नेछ । मनोरञ्जन तथा पारिवारिक यात्रामा समय खर्च हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सोमबारसम्मको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । मंगलबारबाट लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ । अवसरहरूको सदुपयोग गर्दै राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगको लगानी फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीतिमा समय लगानी गर्नेहरूले पद पाउने तथा इज्जत प्रतिष्ठा जोड्न सक्नेछन् । पढाइ लेखाइमा मन जानेछ भने पढाइ कै सवालमा लामो दुरीको यात्रा गर्न सकिनेछ । प्रणय सम्बन्ध थप बलियो बन्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले सुखद समाचारले आजको दिन उत्साह पूर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरूलाई उछिन्दै विशेष अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनतेले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले काम गर्दा वा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । तर पनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । शुक्रबारबाट सहयोग गर्नेहरूले हात झिक्नेछन् भने गरिरहेको काम बिचमानै छोड्नु पर्ने हुन सक्छ । अवसरवादीहरूको चङ्गुलमा परिने सम्भावना रहेको छ ध्यान दिनुहोला । खानपानमा तथा काममा ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ । गल्ती गर्नाले दण्ड तथा जरिवाना हुने योग रहेको छ सजक रहनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

साताको समय राम्रो रहेकोले धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहको छ । बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरू साटासाट हुनेछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नयाँ काम गर्न सकिनेछ । सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मान सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । आत्मीय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउँदै जानेछ । व्यापार तथा शेयर बजारको लगानीबाट नाफा हुनेछ भने कृषि तथा पशुपालनमा गरिएको समय फलदायी हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप