आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सञ्जय लीला भन्सालीको फिल्मबाट बलिउडमा कमब्याक गर्दै प्रियङ्का

आइतबार, १८ साउन २०८२, १३ : ३१
आइतबार, १८ साउन २०८२

नयाँ दिल्ली । बलिउडकी ‘देसी गर्ल’ प्रियङ्का चोपडाले विगतमा आफ्नो कठोर परिश्रम र ट्यालेन्टको माध्यमबाट बलिउडमा छुट्टै पहिचान बनाइन् । एक समय यस्तो पनि थियो, बलिउडमा लगातार सुपरहिट फिल्महरू दिएर प्रियङ्काले दर्शकहरूको मन जितेकी थिइन् ।

 तर बिस्तारै उनी बलिउडबाट टाढिइन् र  हलिउड गइन् । भारतीय सञ्चार माध्यममा आएका पछिल्ला केही समाचार अनुसार करीब ६ वर्षपछि अब भने प्रियङ्का बलिउडमा प्रवेश गर्दैछिन्  । एक पटक फेरि उनले संजय लीला भन्सालीसँग काम गर्न लागेकी छिन् । 

प्रियङ्काले हालै सामाजिक सञ्जालमा फिल्म ‘राम–लीला’को चर्चित गीत ‘राम चाहे लीला’को आइटम गीतसँग सम्बन्धित केही मेमोरी शेयर गरेकी थिइन् । यो पोस्ट हेरेपछि उनका फ्यानहरूले प्रियङ्का फेरि बलिउडमा फर्किन लागेकी हुन् कि भन्ने सोच्न लागेका छन् ।

 ‘हिन्दुस्तान टाइम्स’को खबरअनुसार प्रियङ्काले संजय लीला भन्सालीको फिल्म ‘लभ एण्ड वार’मा डान्स नम्बर गर्न सक्छिन् । यद्यपि यो अझै फाइनल भने भइसकेको छैन, तर प्रियङ्काले रणवीर, आलिया र विक्की कौशलको फिल्ममा आफ्नो नृत्यको तडका थप्ने मानिएको छ । अभिनेत्रीले अन्तिम पटक संजय लीला भन्सालीसँग फिल्म ‘बाजीराव मस्तानी’मा काम गरेकी थिइन् । लभ एन्ड वारमा रणवीर कपूर, आलिया भट्ट र विक्की कौशल मुख्य भूमिकामा देखिनेछन् । फिल्म व्यापक स्तरमा निर्माण भइरहेको छ । 

२००३ मा बलिउड छिरेकी प्रियङ्काले ‘फेशन’, बर्फी’, ‘मेरी कोम’, ‘डन’ र ‘कमिने’ जस्ता फिल्महरूमा अभिनय गरेर समीक्षक र दर्शक दुवैको मन जितेकी थिइन् । तर विवाह र विदेश पलायनपछि उनी फिल्मबाट टाढा हुन थालिन् । २०१५ मा अमेरिका सरेपछि, प्रियङ्काले दुई वटा मात्रै हिन्दी फिल्महरूमा काम गरेकी छिन् । उनी अन्तिम पटक २०१९ मा रिलिज भएको फिल्म द स्काई इज पिंकमा देखिएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप