भो माधव, गो झलनाथ... !
केही वर्षपहिले राजनीतिमा ‘गो वामदेव’ भन्ने एउटा शब्दावली अलिक समय चर्चामा रहेको थियो । सामान्यतया नहुने र असम्भव कुरामा पनि हौसिएर अनपेक्षित आशा राख्ने प्रवृत्तिलाई देखाउने आशयमा उक्त शब्दावलीलाई प्रचार गरियो । संविधान परिवर्तन गरेर राष्ट्रिय सभा सदस्य समेतलाई पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान राख्छु र तपाईंलाई प्रधानमन्त्री बनाउँछु भनेर तत्कालीन प्रधानमन्त्री केपी ओली (जो अहिले पनि प्रधानमन्त्री नै छन्) ले वामदेवलाई भनिदिए । त्यो सुनेर वामदेवमा देखिएको अपार खुसी, उत्साह, उमंगता र त्यसबाट हौसियर उनीबाट भएको एउटा नृत्यलाई समेत जोडेर यसको अर्थ खोजिएको थियो । उक्त शब्दावली प्रयोगमा ल्याउने व्यक्ति प्रकाश सुवेदी अहिले अस्टे«लियामा विद्यावारिधि गर्दै छन् ।
वामदेवलाई कहीँ कतै जाउ (गो आउट) भन्ने अर्थमा नभई उनको अपरिपक्वपना देखाउने अथवा त्यस्तो हौसिने स्वभावलाई वामदेव स्वभाव मान्न यो शब्द प्रयोग भयो, तर अहिले तिनै वामदेव केपी ओलीको निगाहा नपाएपछि अथवा प्रशस्त उपेक्षा भोगेपछि समाजवादी प्रवेश गरे र तेस्रो वरीयता लिए । उनीभन्दा माथि माधव नेपाल र झलनाथ खनाल छन् । उनी समाजवादी प्रवेश गरेको केही हप्तामै माधवले झलनाथलाई पार्टी छाड्ने अथवा ‘गो आउट’ भन्न भ्याए भने झलनाथले माधवलाई नेतृत्व त्याग्नोस्, ‘भो अर्थात् पुग्यो’ भन्न भ्याए । यो लफडा अब कसरी र कहिले सल्टन्छ, बाँकी राजनीतिले देखाउँला । लफडामा होमिएका दुई जनापछिको वरीयता भएकाले यसलाई व्यवस्थापन गर्न वामदेवले कस्तो सक्रियता देखाउँछन् भन्ने पनि राजनीतिक कौशलको दृष्टिकोणमा महत्त्वपूर्ण अध्ययन बन्न सक्छ ।
नेकपा एमालेबाट छुट्टिएर बनेको पार्टी समाजवादी पुनः विभाजनको सँघारमा पुगेको आकलन गरिँदै छ । हुन त, छुट्टिएको पार्टीको नाम एकीकृत हुनु नै आफैँमा आश्चर्यको कुरा थियो । विभाजन भएर बनेको पार्टी पुनः विभाजन हुनु अनौठो होइन; उसले जानेको, सिकेको र अभ्यस्त भएकै विभाजन हो । माधवले यसको नेृतत्व गरे, चोइटिएर बनेको पार्टीलाई निकै सुधारमुखी, क्रान्तिकारी र सच्चा कम्युनिस्ट बनाउने बताएका थिए । आम नागरिकको समूल उन्मुक्तिमा दत्तचित्त रहने भन्दै चुनावबाट कम्तीमा २० लाख मतसहित पहिलो दल बन्ने पनि भनेका थिए । अफसोस तीन वर्षको समयमा उनीहरूको हुँकार र दुहाई ‘बिचरा, बरी लै लै’ भन्ने अवस्थामा आयो । चुनावमा सर्मनाक हार भयो, राष्ट्रिय दल बनेन । रामकुमारी झाँक्री लगायत केही नेताले पार्टीको हैसियत खासै नभएको र प्रभावकारी राजनीतिक दल नभएको स्विकार्दै आएका थिए । झलनाथले एमालेबाट विभाजित हुनु गलत थियो भन्ने स्विकारे, आत्मालोचनाको भाषा बोले । अहिले यसै कारण समाजवादी तरंगित छ ।
नेकपा एमालेबाट छुट्टिएर बनेको पार्टी समाजवादी पुनः विभाजनको सँघारमा पुगेको आकलन गरिँदै छ । हुन त, छुट्टिएको पार्टीको नाम एकीकृत हुनु नै आफैँमा आश्चर्यको कुरा थियो । विभाजन भएर बनेको पार्टी पुनः विभाजन हुनु अनौठो होइन; उसले जानेको, सिकेको र अभ्यस्त भएकै विभाजन हो ।
माधव झलनाथको नयाँ पार्टी बनेर देशमा नेताहरूको संख्या बढेबाहेक नागरिकले उपलब्धिमूलक नतिजा खासै महसुस गरेनन् । नेपालमा कम्युनिस्ट शक्तिहरूको स्थायी चरित्र बनेको निरन्तर फुट र गुटको नियति ज्वलन्त रूपमा स्वचालित भयो । लेखक गोबर्धन रानाको पुस्तक ‘साम्यवाद’मा लेखिएको छ ‘झुट बोलेर नागरिकलाई झुक्याउनु नै कम्युनिस्टहरूको दार्शनिक धर्म हो’ । साँच्चै यस्तो परिदृश्य सबै दलमा थियो, माधव नेपालको पार्टीमा पनि देखियो । केही नेताहरू भन्छन् माधव नेपालले राजनीतिक जीवनमा जम्माजम्मी दुईवटा राम्रा कामचाहिँ गरे रे । पहिलो, २०५८ सालको दरबार हत्याकाण्ड छानबिन समितिको सदस्यबाट राजीनामा । दोस्रो, २०६४ सालको निर्वाचनमा पार्टीले सर्मनाक हार बेहोरेपछि महासचिवबाट राजीनामा । सायद माधवले यस्तो राम्रो काम अर्को एकपटक अहिले गरेर ह्याट्रिक गरुन् भन्ने चाहेका होलान् झलनाथले । किनकि कारण प्रशस्तै छन् ः उनीमाथि भ्रष्टाचारको अभियोग लाग्यो, उनको नेृतत्वमा पार्टीले गति समेत लिएन ।
नेपालमा कम्युनिस्ट पार्टीहरू निश्चित मिसनभन्दा कुनै फेसनमा आधारित भएर खुलेका देखिन्छन् । संसारका केही कम्युनिस्ट शक्तिहरूको लोभलाग्दो कदबिच यहाँको अवस्था भने दयनीय छ ।
एउटै पार्टी भित्र समेत फरक–फरक गुट बन्छन् । अहिले त गुट पनि नभएर गिरोहमा परिणत भएका छन् । गुटभित्र त विचार तथा सिद्घान्तको छलफल हुन्छ, गिरोहमा केवल अरुलाई ठगेर वा हटाएर आफूलाई फाइदा हुने कदम उठाइन्छ । चरम अवसरवादको प्रतीक्षा हुन्छ । उनीहरूको विरोध तथा झगडा जीवन, जनता, आदर्श, नीति तथा कार्यक्रममा नभई पदको बाँडफाँट र शक्तिको भोगका लागि हुन्छ । माधव त्यसैका लागि छुट्टिए, झलनाथले यही आशक्तिमा अभिव्यक्ति दिए ।
लेखक आर्की ब्राउनको पुस्तक ‘द राइज एन्ड फल अफ कम्युनिजम्’ले समेत संसारभर कम्युनिस्टहरूको आचरण पतनोन्मुख भएको देखाउँछ । नेपालमा पनि निमुखा र सामान्य नागरिकको नजरमा कम्युनिस्टहरू झन् विलासी, भ्रष्टाचारी तथा काण्डैकाण्डमा माहिर निस्किए । माधव, झलनाथ अथवा अन्य कुनै कम्युनिस्ट नेता वा उनीहरूको वादसँग के योजना छन् जसले ‘किसानको आय प्रतिव्यक्ति ५० हजार डलर होस् ? व्यापार नाफा होस्, साक्षरता सय पुगोस्, औसत आयु ८० बनोस्, कर्मचारी नागरिकका सहयोगी बनुन् । शिक्षा र स्वास्थ्य सुलभ, सहज र गुणस्तरीय हुन् । रोजगारी तथा विकास निर्माणले गति लिओस् । नयाँ उद्योग खुलुन्, सबैमा देशपे्रम जागोस् । नेपाल न्यून भ्रष्टाचार हुने पाँच वा दश प्रथममा पर्न सकोस् ?’ न यस्तो सोच छ न त शक्ति । एक–दुई अपवाद बाहेक कम्युनिस्टहरू त कम्युनिस्ट सिद्घान्त र जिम्मेवारीप्रति कम निष्ठ र अकुत कमाउनमा उच्च निष्ठ अर्थात् ‘कमाउनिष्ठ’मा परिणत ढोँगी छद्म मानव भएका छन् ।
शिक्षा, स्वास्थ्य, रोजगारी, पँुजी पलायन वा प्रवर्धन, सामाजिक सुरक्षा, आन्तरिक सामाजिक मानव सद्भाव, सहायता, शान्ति सुरक्षा अनि अमनचयन, सडक, सञ्चार, विद्युत् र विकासजस्ता आवश्यक पक्षहरूमा सघन सकारात्मक सुधार ल्याउने कुनै ठोस योजना कसैमा छैन । भोकमरी, महामारी, बेथिति, सामाजिक अपराध, मानवीय विचलनतालाई पूर्ण उन्मूलन गर्ने तयारी तथा कार्यक्रम छैन । तत्कालीन आवश्यकता र दीर्घकालीन विकासका छुट्टाछुट्टै आयोजना रफ्तारमा सञ्चालन गर्ने दृष्टिकोण छैन । नागरिक हित अनि समर्पणभन्दा सत्ता र शक्तिको लोलुपता नै बढी देखाउँछन् । कसैलाई हटाएर आउन चाहनेहरू पनि देश बनाउन होइन, आफू बन्न आउँदै छन् ।
वामदेवलाई कहीँ कतै जाउ (गो आउट) भन्ने अर्थमा नभई उनको अपरिपक्वपना देखाउने अथवा त्यस्तो हौसिने स्वभावलाई वामदेव स्वभाव मान्न यो शब्द प्रयोग भयो, तर अहिले तिनै वामदेव केपी ओलीको निगाहा नपाएपछि अथवा प्रशस्त उपेक्षा भोगेपछि समाजवादी प्रवेश गरे र तेस्रो वरीयता लिए ।
नागरिककेन्द्रित नीति र स्वजीवनमा ठोस परिवर्तन ल्याउन नसकेमा झलनाथ र माधवबिच जुट–फुट जे भए पनि त्यो लुटको विश्वासिलो आधार बनाउने प्रयासबाहेक केही हुँदैन । नागरिक भलाई तथा देशहितका लागि भने उनीहरूको रमिता कागलाई बेल पाके जस्तो मात्र हो । केही अनुपम र उदाहरणीय भइहाल्ने अवस्था छैन । यो लफडाबाजी र त्यसको परिणामले कसैको आडम्बरलाई जोगाउँला तर कम्युनिस्ट आचरणलाई जोगाउन सक्ने ल्याकत देखिँदैन । झलनाथले स्विकारेको पार्टी विभाजनको तथ्य पुष्टि नभएको चाहिँ साँच्चै देखिएकै छ ।
अर्को चुनावसम्म यो पार्टीमा सायद केही थान नेता मात्र रहलान् । कार्यकर्ता त धेरैजसो निराश मात्र होइन, निष्क्रिय भइसकेको अथवा एमाले फर्किसकेका समाचार आइरहेका छन् । समाजवादीका सदस्य त निर्मलाका बलात्कारी र ३३ किलो सुन काण्डका नाइकेजस्तै जतिसुकै धुइँपताल खोज्दा पनि नभेटिने हुन सक्छन् । पार्टीको नाम ‘एस’, सदस्य र कार्यकर्ता ‘नो’ हुन सक्छ । माधवलाई अब भो भनेर, झलनाथले समाजवादीको नेतृत्वसहित ‘एमालेतिरै गो’ भन्ने अवस्था आयो भनेचाहिँ पार्टीका अन्य दर्जाका नेता–कार्यकर्ताको राजनीतिक भविष्य तुलनात्मक रूपमा बढी सुरक्षित हुन्छ होला । उनीहरूको झगडाले जस्तोसुकै पथ लिओस्, अवस्थित परिदृश्यले यस्तै संकेत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण