कर्णालीमा सत्तारुढ दल कांग्रेस–एमालेबिच लफडा, कार्यक्रम स्थगित
सारांश
- कर्णाली प्रदेशमा सत्ता साझेदार दलहरूबीचको आन्तरिक विवाद सतहमा आएको छ, जसले गर्दा कार्यक्रम स्थगित भयो।
- आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कांग्रेसको अवरोधका कारण कार्यक्रम सुरु हुन सकेन।
- एमाले र कांग्रेसबीचको असमझदारीका कारण कार्यक्रम स्थगित भएको र दुवै दलले एकअर्कालाई दोषारोपण गरेका छन्।
सुर्खेत । कर्णाली प्रदेशमा सत्ता साझेदार दल र सरकारबिचको आन्तरिक किचलो सतहमा आएको छ । विवादका कारण आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको एक महत्त्वपूर्ण कार्यक्रम बिचमै स्थगित हुन पुगेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले समपूरक, विशेष र सशर्त अनुदान सम्बन्धी कार्यविधि निर्माणका लागि प्रदेश सभा सदस्यहरूसँग सुझाव लिन शुक्रबार बिहान वीरेन्द्रनगरस्थित होटल सिद्धार्थमा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम सुरु हुनुअघि नै दुई दलबिच लफडा सुरु भएपछि कार्यक्रम नै सञ्चालन हुन नसकेको कार्यक्रममा सहभागी हुन पुगेका माओवादी सांसद विन्दमान विष्टले रातोपाटीलाई जानकारी दिए ।
एमालेका एक सांसदका अनुसार सत्ता साझेदार दल नेपाली कांग्रेसकै अवरोधका कारण सुरु हुनै नपाई स्थगित भएको हो । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल एमालेले सरकारले सत्ता साझेदार दलहरूलाई नै सहयोग र सम्मान नगरेको भन्दै कार्यक्रमको औचित्यमाथि प्रश्न उठाएको थियो । सरकारले सत्ता साझेदार दललाई नै बेवास्ता गरेपछि यस्ता कार्यक्रम गर्नुको के अर्थ ? भन्दै कांग्रेसका सांसदहरूले असन्तुष्टि जनाएका थिए ।
सभामुख, सबै दलका प्रतिनिधि र सांसदहरूको उपस्थितिमा कार्यक्रम गर्न लागिएको थियो । तर, बिहीबार एमाले संसदीय दलको बैठकले सत्तारुढ दल कांग्रेसको भूमिका गठबन्धनको संस्कृति अनुरूप नभएको भन्दै निष्कर्ष निकालेपछि कांग्रेसले रुष्ट बनेको हो ।
कांग्रेसका अर्का एक सांसदले पनि आफू कार्यक्रम स्थलमा पुग्ने वेला विवाद भएको र अहिले कोठामा फर्किसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण