बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँमा डेराबाट १ लाख बराबरको धनमाल चोरी

शुक्रबार, २३ साउन २०८२, १६ : ४१
शुक्रबार, २३ साउन २०८२

काठमाडौँ । काठमाडौं महानगरपालिका-२०, कोहिटीमा बस्ने ३० वर्षीया सुनिता योगीको डेराबाट करिब १ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

बिहीबार साँझ भएको चोरीमा योगीको कोठाबाट एउटा ल्यापटप, एउटा मोबाइल र नगद चोरी भएको हो। यस घटनापछि प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको खोजी गरिरहेको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप