'अन्तर्राष्ट्रिय युवा दिवस २०२५' को सप्ताहव्यापी कार्यक्रमको तयारी पूरा
काठमाडौँ । युवा अभियानको संयोजनमा ७ अगस्टदेखि १५ अगस्टसम्म सप्ताहव्यापी युवा लक्षित कार्यक्रम आयोजना हुने भएको छ । ३५ भन्दा बढी संस्थाको सहकार्यमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइएको हो ।
अन्तर्राष्ट्रिय युवा दिवस २०२५ (अगस्ट १२) लाई लक्षित गरी राजनीति र युवा सहभागिता, सामाजिक उद्यमशीलता, जलवायु न्याय, मानसिक स्वास्थ्य, अन्तरपुस्ता संवाद लगायतका विविध विषयमा छलफल, प्रदर्शनी, र्याली तथा कार्यशालाहरू सञ्चालन गरिने युवा अभियानका अध्यक्ष पवन गौतमले जानकारी दिए ।
उनका अनुसार, कार्यक्रममा ५ हजारभन्दा बढी युवाको प्रत्यक्ष सहभागिता रहनेछ । त्यस्तै, सामाजिक सञ्जाल र मिडियामार्फत २० हजारभन्दा बढी दर्शकसम्म यस अभियानको सन्देश पुग्ने लक्ष्य राखिएको छ । गौतमले भने, ‘यो केवल उत्सव मात्र होइन, नेपालको युवाशक्ति र सम्भावनाको घोषणा हो । हामी यसलाई दिगो राष्ट्रिय युवा आन्दोलनको उत्प्रेरकको रूपमा लिन चाहन्छौँ।’
साप्ताहव्यापी कार्यक्रमका मुख्य आकर्षणमा मानसिक स्वास्थ्य र युवा विषयमा भर्चुअल सत्र, राजनीतिमा युवा सहभागिता विषयमा काठमाडौँमा अन्तरक्रिया र अनलाइन प्रतियोगिता, सामाजिक उद्यमशीलता सम्बन्धी कार्यशाला, जलवायु न्याय सम्बन्धी उच्चस्तरीय प्यानल छलफल, आर्टिफिसियल इन्टेलिजेन्समा युवाको भूमिका विषयमा विशेष सत्र, तथा सौन्दर्य र फेशन क्षेत्रमा जीवनोपयोगी सीप तालिम समावेश छन् ।
त्यस्तै, नेपाल युनाइट्सको आयोजनामा अन्तरपुस्ता संवाद कार्यक्रममार्फत युवापुस्ता र अनुभवी पुस्ताबिच सामाजिक रूपान्तरणमा साझा भूमिकाबारे विचार–विनिमय गरिनेछ । कार्यक्रममा स्वयंसेवा, कला–संगीत, युवा नेतृत्व लगायतका सत्रहरू पनि रहनेछन् ।
यस पहलले बेरोजगारी, गुणस्तरीय शिक्षा, बसाइसराइ, जलवायु न्याय, मानसिक स्वास्थ्यजस्ता युवासम्बन्धी महत्त्वपूर्ण मुद्दाहरूको नीति निर्माण र कार्यान्वयनका लागि वकालत गर्ने अपेक्षा लिइएको युवा अभियानका संयोजक गौतमले बताए ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्, नेपाल डेभलपमेन्ट इनिसिएटिभ, राइज अप फाउन्डेसन नेपाल, आदार नेपाल, युवालय, जागृति बाल तथा युवा सरोकार नेपाल, युथ एड्भोकेसी नेपाल, सोसियल इम्प्याक्ट, क्याटालिस्ट नाउ, अन्तर्राष्ट्रिय गैसस संघ, ह्युमन राइट्स फिल्म सेन्टर, उन्नति, डेभपल्स लगायतका २५ भन्दा बढी संस्थाहरूको सहभागिता रहने जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मेरो मुख्य जोड सार्वजनिक यातायातको सुधार र सडक सुरक्षामा छ'
-
तराईलाई गर्मीबाट केही राहत : काठमाडौँसहित यी सहरमा मध्यम वर्षा
-
जनशक्तिको अभाव झेल्दै औषधि व्यवस्था विभाग : गुनासो आउँछन्, कारबाही हुँदैन
-
बसुन्धारामा रहेको गार्मेन्टमा आगलागी, ८ करोड बराबरको क्षति
-
दल त्याग गरेपछि एमालेबाट निर्वाचित ८ वडाध्यक्षको पद रिक्त (सूचीसहित)
-
प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे विपक्षी दलहरू छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण