प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे विपक्षी दलहरू छलफलमा
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गर्न विपक्षी दलका नेताहरू बैठकमा जुटेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा विपक्षी दलरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू अहिले छलफलमा छन् ।
सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा नेताहरू छलफलमा छन् । बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा र सचेतक निश्कल राई, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन र प्रवेश हमाल तथा प्रमुख सचेतक युवाराज दुलाल सहभागी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओली पनि बैठकमा सहभागी रहेको आङदेम्बेका स्वकीय सचिव याम ढुंगानाले जानकारी दिए । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै सुरु भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण