मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको रवाफ : परिवर्तित खेलाडीका रूपमा मैदान छिरेका मेस्सीको सनसनीपूर्ण प्रदर्शन
सारांश
- अर्जेन्टिनाले विश्वकप फुटबलको तयारी खेलमा आइसल्यान्डलाई ३-० ले पराजित गरेको छ ।
- भ्यालेन्टिन बार्कोले आठौं मिनेटमा पहिलो गोल गरे भने कप्तान लियोनेल मेस्सीले पेनाल्टीमा दोस्रो गोल थपे ।
- खेलको अन्त्यतिर थियागो अल्माडाले तेस्रो गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।
काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिताको ठीक अगाडि भएको आफ्नो अन्तिम तयारी खेलमा अर्जेन्टिनाले सानदार जित दर्ता गरेको छ । अर्जेन्टिनाले एकपक्षीय जस्तो बनेको मैत्रिपूर्ण खेलमा आइसल्यान्डलाई ३–० को सिधा गोल अन्तरले पराजित गर्दै विश्वकपका लागि आफ्नो बलियो उपस्थिति प्रदर्शन गरेको हो ।
खेलको सुरुआती मिनेटमै आइसल्यान्डले गोल गर्ने एउटा निकै सहज अवसर गुमाएपछि अर्जेन्टिना सुरुवाती संकटबाट जोगिएको थियो । आइसल्यान्डको सोही कमजोरीको फाइदा उठाउँदै अर्जेन्टिनाले खेलमा तुरुन्तै दबाब बनायो ।
खेलको आठौँ मिनेटमा भ्यालेन्टिन बार्कोले डिबक्स बाहिरबाट एउटा उत्कृष्ट र शक्तिशाली प्रहार गर्दै बललाई जालीको दिशा दिए र अर्जेन्टिनालाई १–० को सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको अर्जेन्टिनाका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका जादुमयी नम्बर १० जर्सीधारी कप्तान लियोनेल मेस्सीले तुरुन्तै आफ्नो प्रभाव देखाए ।
मैदान छिरेको केही सेकेन्डभित्रै मेस्सीले मिलाइदिएको एउटा सटिक पास नियन्त्रणमा लिने क्रममा लाउटारो मार्टिनेजलाई आइसल्यान्डका डिफेन्डरले लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । सो पेनाल्टीलाई मेस्सीले कुनै गल्ती नगरी गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
त्यसपछि पनि अर्जेन्टिनाले आफ्नो आक्रामक खेललाई जारी राख्यो । खेलको अन्त्यतिर थियागो अल्माडाले अर्जेन्टिनाका लागि तेस्रो गोल थप्दै ३–० को सुनिश्चित जित पक्का गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण