एनपीएल अक्सन : चितवन धेरै खर्च गर्ने टोली, कसले को भित्र्याए ?
सारांश
- चितवन राइनोजले एनपीएल मिनी अक्सनमा सर्वाधिक ३९ लाख खर्च गर्यो, जसमा देव खनाल र अर्जुन साउदलाई महँगोमा किन्यो।
- विभिन्न टोलीले खेलाडी अनुबन्ध गर्दा कर्णाली याक्सले २९ लाख, सुदूरपश्चिम रोयल्सले २४ लाख खर्च गरे भने अन्य टोलीले पनि खेलाडी किने।
- पोखरा एभेन्जर्सले सबैभन्दा कम ११ लाख खर्च गर्यो, जबकि अन्य टोलीले १६ खेलाडी राख्ने गरी खेलाडी अनुबन्ध गरे।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि चितवन राइनोजले पाँच खेलाडी भित्र्याउन ३९ लाख रुपैयाँ खर्च गरेको छ । शनिबार भएको एनपीएल मिनी अक्सनमा चितवन सबैभन्दा धेरै खर्च गर्ने टोली बन्यो ।
चितवनले श्रेणी ‘ए’ का दुई खेलाडी टिममा राख्दा यो रकम धेरै हुन आएको हो । चितवनले आफ्नो टिममा ओपनर देव खनाललाई राखेको थियो । त्यस्तै विकेट किपर ब्याट्सम्यान अर्जुन साउदलाई १५ लाखमा अनुबन्ध गर्यो । अक्सनमा श्रेणी ‘ए’ न्यूनतम १० लाख हुँदै अधिकतम १५ लाखसम्म जान पाउने नियम थियो । जसमा चितवन दुई खेलाडीका लागि अधिकतम मूल्यमा गएको थियो ।
यता अक्सनमा सबैभन्दा कम खर्च गर्ने टोली पोखरा एभेन्जर्स हो । पोखराले श्रेणी ‘सी’ का तीन खेलाडीलाई न्यूनतम मूल्यमा खरिद गरेको थियो । श्रेणी ‘सी’ को न्यूनतम मूल्य २ लाख हुँदै अधिकतम ५ लाखसम्म जान पाउने नियम एनपीएलले गरेको थियो । पोखराले श्रेणी ‘बी’ बाट एक खेलाडी न्यूनतम मूल्यमा खरिद गरेको थियो । श्रेणी ‘बी’ मा न्यूनतम मूल्य ५ लाख हुँदै अधिकतम १० लाखसम्म जान पाउने व्यवस्था थियो ।
यो मिनी अक्सनमा टोलीहरूले आफूले रिटेन गरेका बाहेक पाँच–पाँच खेलाडी किन्न पाउने अवसर थियो । अक्सनमा १० खेलाडीलाई बढीमा ९० लाख खर्चिन पाउने नियम थियो । यो सिजन हरेक फ्रेन्चाइज टोलीमा कुल १६ खेलाडी हुनेछन् । चार विदेशी खेलाडी र एक ट्यालेन्ट हन्टबाट आउनेछन् ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले अक्सनमा कुल २९ लाख खर्च गर्यो । कर्णालीसँग अब पर्स मनी बाँकी रकम १८ लाख छ । कर्णालीले लामो समयपछि क्रिकेटमा कमब्याक गर्न लागेका पवन सर्राफलाई १५ लाखमा अनुबन्ध गरेको हो । यस्तै, युवराज खत्रीलाई १० लाखमा अनुबन्ध गर्दा इमरान शेख २ लाख र दीपक डुम्रेमाथि २ लाख खर्चियो ।
सुदूरपश्चिम रोयल्सले अक्सनमा २४ लाख खर्च गरेको छ । टिमसँग बाँकी रकम १७ लाख ५० हजार छ । दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले हेमन्त धामीलाई १० लाखमा टिममा भित्र्यायो । यस्तै दीपक बोहरालाई ५ लाख, मिलन बोहरा ५ लाख, टेकबहादुर रावत २ लाख र दीपेन्द्र थापालाई २ लाखमा अनुबन्ध गर्यो ।
अक्सनमा काठमाडौं गुर्खाजले ३७ लाखमा ५ खेलाडी किन्यो । विराटनगर किंग्सले २७ लाखमा ५ खेलाडी भित्र्यायो । लुम्बिनी लायन्सले ३२ लाखमा ५ खेलाडी अनुबन्ध गर्यो । साविक विजेता जनकपुर बोल्ट्सले १९ लाख ७५ हजार खर्च गर्दै चार खेलाडी किन्यो । कर्णाली याक्सले २९ लाखमा पाँच खेलाडी किन्न सफल भयो । सुदूरपश्चिम रोयल्सले २४ लाखमा हेमन्त धामीसहित ५ खेलाडीलाई टोलीमा अनुबन्ध गर्न सफल भयो ।
काठमाडौं गोर्खाजले ३७ लाख खर्च गर्दा उसको पर्स मनी ६ लाख बाँकी भयो । काठमाडौंले मोहम्द आदिल आलमलाई १५ लाखमा गोलाप्रथाबाट पायो भने सन्तोष यादवलाई १० लाख, आकाश त्रिपाठी ७ लाख, उत्तम थापा मगरलाई ३ लाख र तुलबहादुर थापालाई २ लाखमा अनुबन्ध गर्न सफल भयो ।
यता चितवनले ३९ लाख खर्च गर्दा उसको पर्स मनी १९ लाख बाँकी छ । चितवनले देव खनाल र अर्जुन साउदलाई १५–१५ लाखमा खरिद गरेको हो । त्यस्तै विपिन रावललाई ५ लाख, विपिन आचार्य २ लाख र रञ्जित कुमारलाई २ लाखमा खरिद गर्यो ।
लेग स्पिनर सन्दीप लामिछाने कप्तान भएको विराटनगरले कुल खर्च २७ लाख गर्दा उसको पर्समा बाँकी रकम १८ लाख ५० हजार छ । विराटनगरले सूर्य तामाङलाई १० लाखमा खरिद गर्दा साहिल पटेल ५ लाख, नारायण जोशी ५ लाख, शंकर राना ५ लाख र श्रवण किस्कु २ लाखमा टिममा भित्रिए ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले कप्तानी गरिरहेको टिम लुम्बिनी लायन्सले ३२ लाख खर्च गर्दा पर्स मनी १९ लाख बाँकी भएको छ । लुम्बिनीले दिलीप नाथलाई १० लाखमा खरिद गर्दा शेर मल्ललाई पनि सोही मूल्यमा टिममा पाउन सफल भयो । लुम्बिनीले विशाल पटेल ५ लाख, दुर्गेश गुप्ता ५ लाख र आदिल खानलाई २ लाखमा टिममा अनुबन्ध गर्यो ।
आसिफ शेखको कप्तानीमा गत वर्ष च्याम्पियन बनेको टोली जनकपुर बोल्ट्सले १९ लाख ७५ हजार खर्च गर्दा पर्स मनी १३ लाख २५ हजार बचाएको छ । जनकपुरले मयन यादवलाई ७ लाख ७५ हजार, आदित्य महतोलाई ५ लाख, विशाल अग्रीलाई ५ लाख र सचिन भट्टलाई २ लाखमा टिममा भित्र्याएको हो ।
गण्डकी प्रदेशको एक मात्र टिम पोखरा एभेन्जर्सले भने मात्र ११ लाख खर्चेको छ । जसमा उसले आफ्नो पर्स मनी २५ लाख ५० हजार राखेको छ । चार खेलाडी अनुबन्ध गरेको पोखराले अर्जुन कुमाललाई ५ लाख, अभिषेक तिवारीलाई २ लाख, कृष्ण पौडेललाई २ लाख र सन्दीप खत्री क्षेत्रीलाई २ लाखमा अनुबन्ध गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण