सरकारी कोषहरू कामका लागि भन्दा पनि देखाउनका लागि बनाइए : सांसद थापा
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी कोषहरू कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएको बताएका छन् ।
अर्थ समितिमा सोमबार वैकल्पिक विकास वित्तसम्बन्धीको विधेयकमाथिको छलफलमा बोल्दै उनले देखाउनका लागि बनाइएका कोषहरूको अर्थ नरहेको बताए ।
वैकल्पिक वित्त कोष पनि त्यसैको नमुना हुनसक्ने जोखिम रहेको चर्चा गर्दै सांसद थापाले वैकल्पिक पूँजी संरचना बनाएर मात्रै कोषलाई परिचालन गर्नुपर्ने बताए ।
सांसद थापाले भने,‘सरकारी कोषहरू कामका लागि भन्दा पनि देखाउनका लागि बनाइने गरिएका छन् । वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कोषको पुँजी संरचना के आधारमा बनाइयो, यसको लजिक चाहियो । वैकल्पिक वित्त कोष भनेर नाम दिने तर अहिलेको पुँजी संरचनाले वैकल्पिक भन्ने देखाउन्न ।’
सांसद थापाले स्रोतको खोजी गर्दा बढीमा कतिसम्मको खोजी गरिरहेका छौँ भन्नेमा पनि कानुन बनाउँदा स्पष्ट हुन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण