मुख्यमन्त्रीले स्थानीयलाई भने– मैलै ल्याएको योजना भनेर कसैले भने नपत्याउनुहोला
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ‘गाउँमा आउने विकास बजेटलाई मैले ल्याएको हुँ’ भन्ने दाबी गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।
मंगलबार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—६ को नवनिर्मित भवनको उद्घाटन गर्न पुगेका कँडेलले बजेटलाई कसैले व्यक्तिगत दाबी गर्न नहुने तर्क गरे ।
उक्त क्षेत्रबाट विपक्षी दल नेकपा (माओवादी केन्द्र)ले प्रदेश सभामा जित्दै आएको छ । विन्दमान विष्ट उक्त क्षेत्रका सांसद हुन् ।
कँडेलले त्यतातर्फ सङ्केत गर्दै भने, ‘गाउँमा आउने बजेट हामी सबै जनताकै करबाट आउँछ । त्यसैले कसैले व्यक्तिगत दाबी गर्न मिल्दैन ।’
सङ्घीय, प्रदेश, पालिका र वडाको बजेट सबैले तिरेको करको भएको उनको भनाइ छ । ‘कसैको व्यक्तिगत सम्पत्ति होइन,’ उनले भने, ‘मैले ल्याएको हो, मेरो योजना हो भनेर कसैले दाबी गरे, तपाईँहरूले नपत्याउनुहोला ।’
योजना पार्ने समयमा सबै सक्रिय हुने तर योजना परेपछि बेवास्ता गर्नाले विकासको गतिमा कमी आएको कँडेलको भनाइ छ ।
हाम्रो लागि आएको योजना हो भनेर जनताले नै बुझ्न सके त्यो आयोजना पनि दिगो हुने उनले बताए । साथै मुख्यमन्त्री कँडेलले निर्माणाधीन लखरपाटा खम्बागाडे मुरमुरी जामु सुनकाँडा सडकको निरीक्षण गरे ।
उनले समयमै सडक निर्माण कार्य पुरा गर्न सम्बन्धित निर्माण व्यवसायी र सडक निर्माणमा आवश्यक सहयोग र सहजीकरण गर्न स्थानीयलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण