सुर्खेतमा आँखामा चक्कु प्रहार गरी फरार अभियुक्त काठमाडौँबाट पक्राउ
सुर्खेत । सुर्खेतमा एक युवकको आँखामा धारिलो चक्कु प्रहार गरी फरार रहेका अभियुक्तलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार ज्यान मार्ने उद्योग तथा अङ्गभङ्ग मुद्दाका फरार प्रतिवादी जुम्लाका नवराज रावतलाई काठमाडौँको बुद्धनगरबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाका अनुसार साउन ९ गते राति १२ बजेतिर वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कको माथिल्लो गेटमा २२ वर्षीय ललित परियारमाथि धारिलो चक्कुले आँखामा प्रहार भएको थियो ।
उक्त आक्रमणबाट परियार गम्भीर घाइते भएका थिए भने आक्रमणकारी रावत घटनास्थलबाटै फरार भएका थिए । घटनापछि फरार रहेका रावतको खोजी गर्ने क्रममा उनी काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा लुकिछिपी बसेको अवस्थामा फेला परेको बुढ्थापाले बताए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा प्रहरीले उनलाई पक्राउ गरिएको उनको भनाइ छ ।पक्राउ परेका रावतलाई बुधबार जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उपस्थित गराई आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान अगाडि बढाइएको डीएसपी बुढ्थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण