आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हत्या आरोपमा दुई जना पक्राउ

बिहीबार, २९ साउन २०८२, २१ : ४५
बिहीबार, २९ साउन २०८२

सारांश

  • सिरहाको धनगढीमाई नगरपालिकामा ८८ वर्षीय वृद्धको हत्या अभियोगमा दुई जना पक्राउ परेका छन्।
  • चोरी गर्ने उद्देश्यले घरमा पसेका उनीहरूले हल्ला गरेपछि खुकुरी प्रहार गरी हत्या गरेको स्वीकारेका छन्।
  • प्रहरीले घटनास्थलबाट खुकुरी र चप्पल बरामद गरेको छ, र अभियुक्तहरूमाथि अनुसन्धान जारी छ।

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोलमा बस्दै आएका ८८ वर्षीय फनिलाल यादवको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त मण्डल छन् ।

उनीहरूले चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गरेको तर घरधनी यादवले हल्ला गरेपछि खुकुरी प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । 

फनिलाल यादवको यही साउन १४ गते हत्या भएको थियो । उनी घरमा एक जना भान्सेको सहयोगमा बस्दै आएको प्रहरीले जनाएको छ । घटनास्थलबाट खुकुरी र एकजोर चप्पल बरामद गरेको थियो । 

प्रहरीका अनुसार, घटनापछि अनुसन्धान सुरु गरिएको र घटनास्थल नजिकैको सिसीटिभी फुटेज तथा छुटेको चप्पलको आधारमा साउन २३ गते प्रशान्त मण्डललाई पक्राउ गरिएको हो । मण्डलको बयानका आधारमा साउन २७ गते महेश चौधरी पक्राउ परेका थिए ।

हत्या प्रकरणको अनुसन्धान इलाका प्रहरी कार्यालय लहान, जिल्ला प्रहरी कार्यालय सिरहा, मधेस प्रदेश प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले गरिरहेको छ । जिल्ला अदालत सिरहाबाट सात दिनको म्याद थपगरी अभियुक्तहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप