शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

डोको, थुन्से र ढाकर बेचेर पाँच सदस्यीय परिवारको भरणपोषण

शुक्रबार, ३० साउन २०८२, ०७ : २७
शुक्रबार, ३० साउन २०८२

सारांश

  • म्याग्दीका शेरबहादुर परियारले बाँस र निगालोको चोयाबाट डोका, डाला बनाएर मासिक १२ हजार कमाउँछन्।
  • १९ वर्षको उमेरदेखि यो सीप सिक्न थालेका परियारले डोका बेचेर छोराछोरी पढाए र बिहे गराए।
  • उनका उत्पादनको माग बढ्दो छ, र ग्राहकहरू अहिले घरमै आउने गरेका छन्।

म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका,डाला थुन्से, ढाकर बनाउछन् । बाँसका वस्तु बनाउन सिपालु कालीगढ  उनले आफ्ना उत्पादन बेचेर मासिक रु १२ हजार आर्जन गर्दै आएका छन् । आफ्नो पाँच सदस्यीय परिवारको भरणपोषण यही रकमबाट हुँदै आएको छ । 

उन्नाइस वर्षको उमेरदेखि  बाँस र निगालाको चोयामा उनले सीप भर्न थालेका हुन्। डोकाडाला बनाउने उनको जाँगर जवानको जस्तै छ । “अझै  जवान छु जस्तो लाग्छ तर ५० वर्षको हुन लागेछु”, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उनले भने ।

विपन्न परिवारका परियारले काम नगरे  साँझ बिहान हातमुख जोर्न हम्मेहम्मे पर्ने गरेको थियो अब त्यस्तो अवस्था नरहेको उनी गर्वका साथ सुनाउछन् । “विगतमा बजारमा बेच्न जानुपथ्र्यो अहिले घरमै ग्राहक आउँछन्,” उनले भने । परियारले डोको बुनेर नै छोराछोरीलाई पढाए, बिहेबारी गराए । 

परियारले दैनिक पाँच वटासम्म डोका बुन्ने गर्छन् ।  एउटा डोको रु २५० देखि ३५० सम्ममा बिक्री हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप