शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
टप एण्ड टी–ट्वान्टी क्रिकेट

नेपाल नर्दन टेरिटोरीसँग पराजित

शुक्रबार, ३० साउन २०८२, १८ : ०८
शुक्रबार, ३० साउन २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली अष्ट्रेलियामा जारी टप एण्ड टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नर्दन टेरिटोरीसँग पराजित भएको छ । 

शुक्रबार भएको खेलमा नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित भएको हो । 

मरारा क्रिकेट मैदानमा नर्दनले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन बनायो । 

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३५ रन बनाए । त्यस्तै गुलशन झाले २६ रनको योगदान गर्दा कप्तान रोहित पौडेलले २३ र दिपेन्द्र सिंह ऐरीले १९ रन बनाए । 

नर्दनका लागि माट हामोन्डले तीन विकेट लिँदा केन रिचर्डसन र थोमस आन्द्रेले दुई दुई  विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नर्दनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रन बनाएको थियो ।  

नर्दनका लागि डीआर्सी सर्टले ५१ रनको अर्धशतकीय पारी खेले । उनले ३४ बलमा ७ चौका र १ छक्का प्रहार गरे । 

नर्दनका लागि थोमस आन्द्रेशले ३२ रनको योगदान गर्दा जोर्डान स्लिकले १९ रन र कोर्नर कार्लाेले १८ रनको योगदान गरे । 

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । त्यस्तै साहब आलमले दुई विकेट लिँदा रुपेश सिंह, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले एक–एक विकेट लिए । 

नेपाल दोस्रो खेल अगस्ट १६ तारिखमा बंगलादेशको ‘ए’ टोलीसँग खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप