श्रीकृष्ण जन्माष्टमी पारेर ‘कहाँ गयौ तिमी’ निर्माण घोषणा
शनिबार, ३१ साउन २०८२, १३ : ३४
सारांश
- चलचित्र 'कहाँ गयौ तिमी' निर्माणको घोषणा गरिएको छ, जुन सहारा फिल्म्सको प्रस्तुति हो।
- यो फिल्म फिरोज तिमलसेनाले निर्देशन गर्नेछन्, र यो एक प्रेम कथामा आधारित हुनेछ।
- फिल्मको कथा शंका, आशा, विछोड र मिलनको वरिपरि घुम्ने संकेत दिइएको छ।
काठमाडौँ । चलचित्र ‘कहाँ गयौ तिमी’ निर्माण घोषणा गरिएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने चलचित्रको शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको हो ।
फिरोज तिमलसेनाले निर्देशन गर्ने चलचित्र लभस्टोरी जनरामा बन्नेछ । टाइटल अनाउन्स्मेन्ट पोस्टरमा रहेको कालो बादल र एकलासमा रहेको एउटा घर र रूखले छोडिएको मायाको वरिपरि कथा रहने संकेत दिन्छ ।
टाइटलमा रहेको कालो र रातो कलरले पनि शंकाबीचको प्रेम, आशा, विछोड र मिलनको कथा चलचित्रले भन्ने अनुमान लगाउन सकिन्छ । जीवन आचार्यको कथा रहने चलचित्रमा प्रकाश नेपालीको संगीत रहनेछ ।
फिरोजले ‘दर्पण छाया–२’ मा अभिनय गरेका थिए । फिरोज गायक पनि हुन् । उनले अब चलचित्र निर्देशनमा डेब्यु गर्न लागेका हुन् । ‘कहाँ गयौ तिमी’ मा को को कलाकार रहनेछन् त्यो भने निर्माण पक्षले खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण