सहकारी ठगी प्रकरण
रवि लामिछानेलाई काठमाडौँ लगिँदै
शनिबार, ३१ साउन २०८२, १३ : ५३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौँ लगिँदै छ।
- उनी सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि चैत २५ गतेदेखि रुपन्देही कारगारमा थिए।
- लामिछानेलाई बुद्ध एयरको जहाजबाट दिउँसो ३:१० बजे काठमाडौँ लैजाने तयारी छ।
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज दिउँसो काठमाडौँ लगिँदैछ । रुपन्देही कारागारबाट सरुवा गरेर उनलाई आज काठमाडौँ लैजान लागिएकाे हाे ।
लामिछाने बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । तर अदालतले अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।
लामिछानेलाई बुद्ध एयरको जहाजबाट ३ बजेर १० मिनेटमा लैजाने तयारी रहेको प्रहरीले श्रोतले जनाएको छ। प्रहरीले कारागारबाट विमानस्थलसम्म जानका लागि समेत सुरक्षाको तयारी मिलाइएको जानकारी दिएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले भने लामिछानेलाई काठमाडौँ लैजाने विषयमा कुनै जानकारी नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
तनहुँ प्रवेश गर्ने भारतीय सवारीलाई प्रहरीको सचेतना
-
२४ लाख बराबरका मोबाइल, फोन बरामद
-
अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण