नेपालसामु जितका लागि विशाल लक्ष्य
काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा आफ्नो दोस्रो खेलमा नेपालले जीतका लागि १ सय ८७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ए ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको हो ।
टोलीका लागि ओपनर जिसान अलामले अर्धशतकीय इनिङ्स खेले । उनले ४६ बलमा ४ चौका र ५ छक्काको मद्दतले ७३ रन बनाए । उनले पहिलो विकेटका लागि मोहम्मद नइमसँग मिलेर ६२ रनको साझेदारी गरे । नइमले १८ बलमा २ चौका र १ छक्काको मद्दतले २५ रन बनाए ।
अफिफ होसेनले २३ बलमा ४८ रन जोडे । उनले ९ चौका प्रहार गरे सैफ हसनले ११ बलमा ११ रनको योगदान दिए ।
नेपालका लागि रिजन ढकालले २ तथा सन्दीप लामिछाने, नन्दन यादव र करण केसीले १–१ विकेट लिए ।
यसअघि, पहिलो खेलमा नेपाल शुक्रबार अस्ट्रेलियाको स्थानीय टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।
सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् ।
त्यसैगरी, सिरिजमा अस्ट्रेलियाका बिगबास लिग (बीबीएल) को हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर, मेलबर्न स्टार तथा मेलबर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीलगायतको सहभागिता रहनेछ । नेपालले समूह चरणमा ६ खेल खेल्नेछ ।
लिग चरणको शीर्ष चार रहने टोलीका बीचमा सेमिफाइनल भिडन्त हुनेछ । नेपालले तेस्रो खेल अगस्त १८ तारिखमा मेलबर्न स्टार्सविरुद्ध खेल्ने छ भने चौथो खेल अगस्त १९ तारिखमा होबार्ट हुरिकेन्सविरुद्ध खेल्नेछ ।
त्यसैगरी, पाँचौँ खेल अगस्त २० तारिखमा मेलबर्न रेनेगेड्सविरुद्ध खेल्ने छ भने अन्तिम लिग खेल अगस्त २२ तारिखमा पाकिस्तान शाहिन्सविरुद्ध खेल्नेछ ।
नेपालले यो प्रतियोगिता आउँदो अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीस्वरुप खेल्न लागेको क्यानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण