बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

सुर्खेतमा एक महिला आफ्नै कोठामा मृत फेला

आइतबार, ०१ भदौ २०८२, १५ : ५२
आइतबार, ०१ भदौ २०८२

‎सुर्खेत । सुर्खेतमा एक महिला आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार वीरेन्द्रनगरको‌ लाटिकोइलीका नविन अधिकारीकी श्रीमती, अन्दाजी २० वर्षीया करिश्मा अधिकारी आइतबार बिहान मृत अवस्थामा फेला परेकी हुन्।

‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार उनी आफ्नै कोठाको दराजको ह्यान्डलमा सलले पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

‎उनका अनुसार, घटनाको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । ‎प्रारम्भिक अनुसन्धानमा घटना आत्महत्या जस्तो देखिए पनि पोष्टमार्टम रिपोर्ट आइनसकेकोले अहिले नै केही भन्न नसकिने उनले बताए ।

‎प्रहरीका अनुसार, मृतकका आफन्तले उनको श्रीमान् र परिवारका अन्य सदस्यले आत्महत्या गर्न बाध्य पारेको वा हत्या गरेको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

‎‎ उनीहरुले सोही व्यहोराको उजुरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।‎प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ ।

‎‎ घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप