मङ्गलबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल भाद्र ३ गते मंगलबारको तिथि, नक्षत्र, योग र अन्य विवरणहरू समावेश छन्।
- काठमाडौँमा सूर्योदय र सूर्यास्तको समय तथा बार बेला र राहुकालको समय उल्लेख गरिएको छ।
- मेष देखि मीन राशिसम्मको राशिफल र शुभ कार्यका लागि समयको जानकारी दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल भाद्र ३ गते । मंगलबार । ईश्वी सन् २०२५ अगस्ट १९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र कृष्णपक्ष । तिथि–एकादशी, २५ घडी ४७ पला, दिउसो ३ बजेर ५५ मिनेट उप्रान्त द्धादशी । नक्षत्र–आद्र्रा, ५२ घडी ९ पला, रातको २ बजेर २८ मिनेट उप्रान्त पुनर्वशु । योग– बज्र, ४२ घडी ५६ पला, बेलुकी १० बजेर ४७ मिनेट उप्रान्त सिद्धि । करण–बालव, दिउसो ३ बजेर ५५ मिनेट उप्रान्त कौलव, रातको ३ बजेर ० मिनेट उप्रान्त कौलव । आनन्दादिमा–चर योग । चन्द्रराशि–मिथुन ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३६ मिनेट । दिनमान ३२ घडी ३० पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर ३७ मिनेटसम्म रोग बेला ।
- बिहान ५ बजेर ३८ मिनेटदेखि बिहान ७ बजेर १४ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ७ बजेर १४ मिनेटदेखि बिहान ८ बजेर ५१ मिनेटसम्म चर बेला ।
- बिहान ८ बजेर ५२ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म लाभ बेला ।
- बिहान १० बजेर ३० मिनेटदेखि बिहान १२ बजेर ६ मिनेटसम्म अमृत बेला ।
- मध्यान्ह १२ बजेर ७ मिनेटदेखि दिउसो १ बजेर ४४ मिनेटसम्म काल बेला ।
- दिउसो १ बजेर ४५ मिनेटदेखि दिउसो ३ बजेर २१ मिनेटसम्म शुभ बेला ।
- दिउसो ३ बजेर २२ मिनेटदेखि बेलुकी ४ बजेर ५९ मिनेटसम्म रोग बेला ।
- बेलुकी ५ बजेर ० मिनेटदेखि बेलुकी ७ बजेर ५९ मिनेटसम्म काल बेला ।
नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ३ बजेर २१ मिनेटदेखि बेलुकी ४ बजेर ५८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर १ मिनेटदेखि बिहान ४ बजेर ४९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसाय तथा वित्तीय बजारमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मूल्याङ्कन हुने ग्रहयोग रहेको छ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार, उद्योग तथा वित्तीय बजारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने होटल तथा खानपान सम्बन्धी व्यापारबाट लाभ लिन सकिनेछ । प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अर्थ सङ्कलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा कामहरू रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्यम रहेको छ । तर पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरूका लागी भने समय फलदायी रहनेछ । विदेशी लगानीमा सञ्चालित संस्थाबाट मनग्गे लाभ लिन सकिनेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेको छ । विशिष्ट व्यक्तिहरूको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईँलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरू समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाको प्रभावले सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मित्र तथा आफन्तको सहयोग पाइने हुनाले दैनिकी सहज रूपमा बित्नेछ । सङ्गीत तथा फिल्मी क्षेत्रमा केही समय व्यातित हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ । व्यापार वा वित्तीय क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । प्रेमील जोडीहरूका लागी समयले साथ दिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापार तथा शेयर बजारमा लगानी वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयको ख्याल नगर्दा वा सानातिना काममा अल्झेर बस्दा महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । बाटो हिँड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरूको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हासिल नहुन सक्छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा प्रियजन सँगको भेटघाटले दिन रमाइलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा कामहरू हुनेछन् । व्यापार तथा वित्तीय क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आÏनै मेहनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ । तर पनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । बिलासी सामान प्राप्तिको योग भए पनि टरेर जानेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होइने छ । पढाइ लेखाइमा गरिएको मेहनतबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस् तथा शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) वंश वृद्धिको योग रहेको छ भने आफन्त तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने योग रहेको छ । छोटो दुरीको रमाइलो यात्राको योग रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई आफ्नो प्रस्तुति दिने अवसर प्राप्त हुनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा समय लगानी गर्दै हुनुहुन्छ भने जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यवसायमा मन्दी आए पनि घरजग्गा तथा सवारी साधनको कारोबारबाट धन आर्जन गर्न सकिनेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा नतिजा हात पार्न राम्रै मेहनत गर्नुपर्नेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण