नेपालस्थित बङ्गलादेश राजदूतावासमा ‘जुलाई बियोन्ड बोर्डर्स’ सम्पन्न
मङ्गलबार, ०३ भदौ २०८२, २१ : ५६
काठमाडौँ । नेपालस्थित बङ्गलादेश राजदूतावास बसुन्धरामा ‘जुलाई बियोन्ड बोर्डर्स’ सम्पन्न भएको छ ।
दूतावासले २०२४ को जुलाईमा भएको जनविद्रोहको पहिलो वार्षिकोत्सवको अवसर पारेर मंगलबार उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा चित्र र ग्राफिटीको समेत प्रदर्शनी गरिएको थियो ।
उक्त कार्यक्रममा बङ्गलादेशस्थित चित्तोङ हिल ट्र्याक्ट अफेयरका सल्लाहकार सुप्रदिप चक्मा,विभिन्न देशका राजदूत,कूटनीतिज्ञ र संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि लगायत अन्तर्राष्ट्रिय समुदायका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बङ्गलादेश नेशनल पार्टीका तदर्थ समितिका सदस्य अमिर खास्रु महमुद चौधरी र नेशलन सिटिजन पार्टीका तास्निम जारालगायत पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण