शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामाथि पेरुको सान्तवना जीत

मङ्गलबार, १२ असार २०७५, २१ : ४१
मङ्गलबार, १२ असार २०७५

एजेन्सी । पेरुले अस्ट्रेलियामाथि सान्तवना जीत निकाल्दै सन् २०१८ को विश्वकपको यात्रा अन्त्य गरेको छ ।

समूह सी अन्तरगत आज भएको खेलमा पेरुले २–० को जीत हासिल गरेको हो । पराजयसँगै अस्ट्रेलियामा समूह चरणबाटै प्रतियोगिताबाट बाहिरिएको छ ।

शुरुवाती दुई खेलमा पराजय बेहोर्दै पेरु यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो । उता, अस्ट्रेलियाको भने अर्को चरणमा पुग्ने झिनो आशा बाँकी थियो ।

आजको पेरुलाई हराएको खण्डमा र उता डेनमार्क फ्रान्ससँग पराजित भएको खण्डमा अस्ट्रेलिया अर्को चरण पुग्ने सम्भावना थियो ।

तर, खेलको १८ औँ मिनेटमा नै आन्द्रे कारिलोको गोलले अस्ट्रेलिया १–० ले पछि पर्यो । कारिलोको गोल विश्वकपमा पेरुका लागि पछिल्लो १८ खेलमा तेस्रो गोल थियो ।

खेलमा फर्कने प्रयास गरिरहँदा दोस्रो हाफको शुरुवातमा नै पेरुले आफ्नो अग्रता दोब्बर बनायो । पाउलो गुरेरोले गोल गर्दै पेरुको अग्रता फराकिलो बनाए । 

गोलसँगै ३४ वर्ष १७६ दिनका गुरेरो विश्वकपमा गोल गर्ने तेस्रो पाको उमेरमा दक्षिण अमेरिकी खेलाडी बनेका छन् ।

त्यसपछि कुनै गोल हुन सकेन र पेरुले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । अस्ट्रेलिया भने जीतविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

दुई टोली पहिलो पटक विश्वकपमा भिडेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप