शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
वर्षा

पछिल्लो ६ घण्टा देशका अधिकांश स्थानमा वर्षा, वर्षा प्रणाली पश्चिमतर्फ सर्दै

बिहीबार, ०५ भदौ २०८२, ०५ : १०
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • पछिल्लो ६ घण्टामा मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भएको छ।
  • सुदूरपश्चिम, मधेस र बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ।
  • मौसम विभागका अनुसार वर्षा कम हुँदै गएको र तत्काल कुनै खतरा छैन।

काठमाडौँ । पछिल्लो ६ घण्टामा मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका धेरै स्थानमा वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा सुदूरपश्चिम प्रदेशको डोटी र डडेलधुरा, मधेस प्रदेशको सप्तरी तथा बागमती प्रदेशको सिन्धुपाल्चोकमा बढी वर्षा भएको हो।

बिहीबार बिहान एक सूचना जारी गर्दै विभागले वर्षा गराउने प्रणाली क्रमशः कमजोर हुँदै पश्चिमतर्फ सर्दै गएकाले अहिले वर्षा कम हुँदै गएको र तत्काल कुनै उल्लेखनीय खतरा नरहेको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप