मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

खुसीले पागल भए म्याराडोना, अर्जेन्टिनाको जितपछि अस्पतालमा (भिडियो)

बुधबार, १३ असार २०७५, ०८ : ३७
बुधबार, १३ असार २०७५

एजेन्सी । अर्जेन्टिनाले नाइजेरिया विरुद्ध २–१ को जीत हासिल गरेसँगै म्याराडोनालाई अस्पताल लगिएको छ । जितपछि उनी स्टेडियममै ढलेका थिए । ब्लड प्रेसर लो भएकाले यस्तो भएको चिकित्सकहरुले बताएका थिए । 

जीतसँगै अर्जेन्टिना दोस्रो चरण प्रवेश गरेको छ । खेलको १४ औं मिनेटमा लियोनल मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाउँदा म्याराडोना  खुसीले पागल भएका थिए । 

तर, नाइजेरियाले बराबरी गोल फर्काएपछि अर्जेन्टिना निकै दबाबमा थियो । खेलको अन्त्यतिर आइपुग्दा म्याराडोना तनावमा देखिन्थें । जब, ८६ औं मिनेटमा मार्कोस रोजोले गोल गरे । 

त्यसपछि अर्जेन्टिनी समर्थकहरुले निकै खुसी मनाएका थिए । म्याराडोना पनि खुसीले पागलजस्तै देखिएका थिए । 

तर, खेल सकिए लगत्तै उनलाई केही समय अस्पताल लगिएको छ । अस्पताल लग्नुअघि उनलाई रंगशालामै मेडिकल टिमले चेकजाँच गरेको थियो । सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका म्याराडोना फुटबल इतिहासकै महान् खेलाडीमध्ये एक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप