शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
क्रिकेट

नेपालसामु जितका लागि १ सय ४५ रनको लक्ष्य

शुक्रबार, ०६ भदौ २०८२, १६ : ५३
शुक्रबार, ०६ भदौ २०८२

काठमाडौँ । टप एण्ड टी–२० शृङ्खलाको अन्तिम खेलमा पाकिस्तान शाहिन्सले नेपालसामु १ सय ४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको हो ।

टोलीका लागि कप्तान इरफान खानले सर्वाधिक ४२ रन बनाए । उनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । अब्दुल समादले २५ बलमा २६ रनको योगदान दिए । मोहम्मद वसिमले २२ बलमा २३ रन जोडे ।

ओपनर यासिर खानले २१ बलमा १८ रन बनाए । मेहरम मुम्ताजले १० रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ४ ओभर बलिङ गर्दै ३० रन खर्चेर ३ विकेट लिए । नन्दन यादवले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि २ विकेट हात पारे । कुशल भुर्तेलले एक विकेट लिए ।

प्रतियोगितामा हालसम्म नेपालले २ खेलमा जीत र ३ खेलमा हार बेहोरेको छ । नेपाल पहिलो खेलमा नर्दन टेरेटोली स्ट्राइकसँग ४२ रनले हराएको थियो । दोस्रो खेलमा टोली बंगलादेश ए सँग ३२ रनले पराजित भयो भने तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्स एकाडेमीसँग ३१ रनले स्तब्ध बन्यो । 

त्यसपछि कम्ब्याक गरेको नेपालले चौथो खेलमा होबार्ट हरिकेन्सलाई ६६ रनले हरायो भने पछिल्लो खेलमा मेलबर्न रेनेगेड्स एकाडेमीलाई ३३ रनले पराजित गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप