भारतीय लगानीकर्ताले नेपालमा तयारी पोशाक क्षेत्रमा लगानी गर्दै
काठमाडौँ । भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार भएका छन् । अमेरिकाले भारतबाट आयात हुने वस्तुमा ५० प्रतिशत अतिरिक्त कर घोषणा गरेसँगै भारतीय लगानीकर्ता नेपालमा आउन तयार देखिएका छन् ।
भारतीय लगानीकर्ता नेपालमा तयारी पोशाकको क्षेत्रमा उद्योग स्थापना गर्न तयार भएको नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणाले जानकारी दिएकी छन् ।
उनले अमेरिकाले आयातमा ५० प्रतिशत अतिरिक्त कर घोषणा गरेसँगै भारतका केही लगानीकर्ता लगानी गर्न तयार देखिएको बताइन् ।
उनले भनिन्,‘ बोडियागाया व्यापार शिखर सम्मेलन र नेपाल भारत संयुक्त व्यापार बैठकको बारेमा छलफल भइरहेको छ । उक्त बैठकमा नेपाल–भारत संयुक्त बिजनेस फोरमको बैठक गर्ने सहमति भएको छ। सीआईआईले केही लगानीकर्ताहरू पनि ल्याउनेछ ।’
राणा यति बेला नयाँ दिल्लीमा व्यवसायीक छलफलमा रहेको बताइन । उनले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मासहित भारतीय उद्योग परिसंघका प्रतिनिधिसँग छलफल भएको जानकारी दिइन् ।
उनका अनुसार व्यवसायीहरूसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच बोधगया हुने भेटवार्ताका अवसरमा दुवैतर्फको निजी क्षेत्रले छलफल गर्ने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण