शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

चलचित्र ‘जनै हराएको मान्छे’लाई दर्शकको राम्रो साथ र प्रतिक्रिया

शुक्रबार, ०६ भदौ २०८२, २१ : १६
शुक्रबार, ०६ भदौ २०८२

सारांश

  • कलाकारहरूले चलचित्र ‘जनै हराएको मान्छे’ बुबालाई देखाउन अनुरोध गरेका छन्, जुन बाबुछोराको भावनात्मक कथामा आधारित छ।
  • चलचित्र हेरेका दर्शकहरूले बुवाआमालाई सम्झाएको र भावुक बनाएको प्रतिक्रिया दिएका छन्।
  • चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ।

काठमाडौँ । आजै (शुक्रबार)बाट प्रदर्शनमा आएको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ बुबालाई देखाउन कलाकारले अनुरोध गरेका छन् । चलचित्र बाबुछोराको भावनात्मक कथामा बनेको भन्दै दर्शकलाई कलाकारहरू यस्तो अनुरोध गरेका हुन् ।

कलाकार विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, भोलाराज सापकोटा लगायत फिल्म कलाकार शुक्रबार उपत्यकाको लाविम महल, सिटी स्क्वायर, सिभिल महल, एफक्युब लगायत हलमा पुगेर दर्शकसँग साक्षत्कार समेत गरेका छन् ।

सो क्रममा दर्शकले फिल्मले बुवाआमालाई सम्झाएको, नोस्टाल्जिक बनाएको प्रतिक्रिया दिएको अभिनेता विजय बरालले बताए ।‘चलचित्रले बुबाआमाको खुसीका लागि छोराले गर्ने संघर्षको कथा छ’, बिजयले भने ‘सायद यो भन्दा ठूलो उपहार बुबाका लागि अर्काे के होला र ।’

अभिनेत्री केकीले छोरीहरूले चाहेर पनि बुवा, भाइ तथा माइतीका लागि केही गर्न नसक्ने फिल्मले देखाएको बताइन् ।‘हाम्रो समाजमा कति आफ्नै आर्थिक अवस्था कमजोर हुँदा र कतिपय अवस्थामा सामाजिक परिवन्धले माइतीलाई सहयोग गर्ने अवस्था हुँदैन,’ केकी भन्छिन्, ‘जनै हराएको मान्छेमा बुवासँग कसरी छोरी छुटेर टाढा पुग्छिन् र भाइसँगको सम्बन्ध कस्तो रहन्छ भन्ने देखाइएको छ ।’

अभिनेत्री मिरुना मगरले चलचित्रले समाजको यथार्थ चित्रण गरेको बताइन् । चलचित्र सबैले आफ्नो कथामा भएको महसुस गर्ने बताइन् ।

चलचित्रले शुक्रबार दर्शकको राम्रो साथ पाउनुका साथै उत्कृष्ट प्रतिक्रिया समेत पाएको छ । चलचित्र हेरेका दर्शकले बुबाआमालाई सम्झाएको र भावुक बनाएको प्रतिक्रिया दिएका छन् ।

चलचित्रमा विजय, केकी, मिरुनाको अलवा शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय छ । 

हिमाल न्यौपाने निर्देशित चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप