आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

टेली डिजिटल सर्भिसेस अब गुगल क्लाउड पार्टनर एड्भान्टेजको आधिकारिक पार्टनर

आइतबार, ०८ भदौ २०८२, १७ : ०१
आइतबार, ०८ भदौ २०८२

काठमाडौँ । रमेश कर्प समूहअन्तर्गतको कम्पनी टेली डिजिटल सर्भिसेस गुगल क्लाउड पार्टनर एड्भान्टेज कार्यक्रमअन्तर्गत ‘गुगल वर्कस्पेस सेल पार्टनर’ मा सामेल भएको छ । 

यससँगै कम्पनीले नेपालमा गुगल वर्कस्पेस लाइसेन्सलाई सहज, छिटो र स्थानीय भुक्तानीसहित उपलब्ध गराउने औपचारिक जिम्मेवारी पाएको हो ।

सन् २०२३ देखि आधिकारिक गुगल वर्कस्पेस रिसेलरको रूपमा मान्यता पाएको टेली डिजिटलले हालसम्म ५० भन्दा बढी व्यवसायलाई सेवा प्रदान गरिसकेको छ ।

कम्पनीले परम्परागत सिप्यानल–आधारित इमेल प्रणालीको साटो जीमेल–आधारित समाधानमार्फत एकीकृत सहकार्य टुल्स उपलब्ध गराउँदै व्यवसायलाई अझ प्रतिस्पर्धी बनाउन सहयोग गर्दै आएको छ ।

गुगल वर्कस्पेस अन्तर्गतका इमेल, डकुमेन्ट, सिट्स, ड्राइभ र मिटजस्ता सुविधा एउटै सब्स्क्रिप्सनमा पाइने भएकाले नेपाली व्यवसायका लागि थप सहज हुने कम्पनीले जनाएको छ । 

साथै तत्काल लाइसेन्स डेलिभरी, स्थानीय भुक्तानीको सुविधा, प्रत्यक्ष सपोर्ट र पूर्ण अनबोर्डिङ सहयोगसमेत उपलब्ध गराइनेछ ।

टेली डिजिटलका सिईओ नवाँकुर सूदका अनुसार यो सहकार्य कम्पनीको प्रतिबद्धताको प्रतीक हो, जसले विश्वस्तरीय डिजिटल प्लेटफर्मलाई स्थानीय व्यावसायिक आवश्यकतासँग जोड्नेछ । 

उनका अनुसार धेरै कम्पनीहरू अझै परम्परागत इमेल समाधानमै जुधिरहेका बेला टेली डिजिटलले उनीहरूलाई तुरुन्तै गुगल क्लाउडको एकीकृत इकोसिस्टममा लैजाँदै आएको छ ।

मार्केटिङ प्रमुख निखिल खेराडीले तत्काल डेलिभरी क्षमताकै कारण टेली डिजिटल बजारमा फरक साबित भएको दाबी गरे । उनका अनुसार अहिले सेवा लिएका व्यवसायहरूले प्लास्टिक प्रणालीभन्दा जीमेल–आधारित वर्कस्पेसको मूल्य र सुविधा अनुभूत गरिसकेका छन् ।

यो सहकार्यपछि नेपालमा अझै पनि पुरानो प्रणालीमा निर्भर रहेका व्यवसायलाई क्लाउड–आधारित आधुनिक समाधानतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।

टेली डिजिटलमार्फत व्यवसायले सजिलो अनबोर्डिङ प्रक्रियासहित छोटो समयमा गुगल वर्कस्पेसमा रूपान्तरण भई, सहकार्य र व्यावसायिक प्रतिस्पर्धामा नयाँ आयाम थप्ने कम्पनीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप