आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
दुर्घटना

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आइतबार, ०८ भदौ २०८२, २३ : ५५
आइतबार, ०८ भदौ २०८२

सारांश

  • नवलपरासीको नारायणी नदी पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा मोटरसाइकल चालक गैँडाकोट-४ का २३ वर्षीय मुनाल दाहालको मृत्यु भएको हो।
  • दुर्घटनामा घाइते भएका अर्का एकजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ, र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नवलपरासी ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नारायणी नदीको पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छभने अर्का एकजना घाइते भएका छन् । 

आइतबार साँझ करिब ६ बजेतिर गैँडाकोटबाट नारायणघाटतर्फ जाँदै गरेको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ना १ क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४३ प ८७ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीकाअनुसार ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक गैँडाकोट–४ का २३ वर्षीय मुनाल दाहाललाई उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । ट्रकले मोटरसाइकललाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । 

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैँडाकोट–४ का प्रतीक घिमिरे घाइते भएका छन् । उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रनाउ नेपालले जानकारी दिए । ट्रक चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका–९ घर भएका ३५ वर्षीय तुक्तबहादुर आले र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप