शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रवि लामिछानेद्वारा दायर रिटमा बुधबार पेसी ताेकियाे

सोमबार, ०९ भदौ २०८२, २० : ३८
सोमबार, ०९ भदौ २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उच्च अदालत बुटवलमा दायर गरेको रिटमा आगामी बुधबार पेसी तोकिएको छ । 

सोमबार लामिछानेले पत्नी निकिता पौडेलमार्फत सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा रिट दायर गराएका थिए ।  

निकिताले आफूले श्रीमानको तर्फबाट न्यायका लागि उच्च अदालत बुटवलको ढोका ढक्ढक्याएको बताएकी छन् । निकिताले बिगो तोकी बराबरको बैंक जमानत लिएर जेलबाहिरबाटै मुद्दा लड्न दिनुपर्ने माग गरेकी छन् । 

तर, बिगो तोकी सोही बराबरको बैंक जमानत लिएर रिहा गर्न माग गर्दै दायर यसअघिको मुद्दा जिल्ला अदालत रुपन्देहीले खारेज गरिदिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप