शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

रवि लामिछाने फेरि गए अदालत, निकिताले भनिन्– ‘न्यायका हरेक ढोका ढक्ढक्याउने छु’

सोमबार, ०९ भदौ २०८२, १७ : ००
सोमबार, ०९ भदौ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा रिहाइको माग गर्दै उच्च अदालत पुगेका छन्।
  • लामिछानेले उच्च अदालतमा रिट दायर गरेका छन्।
  • लामिछानेकी पत्नी निकिताले पनि न्यायका लागि उच्च अदालत, बुटवलको ढोका ढक्ढक्याएको बताइन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फेरि उच्च अदालत पुगेका छन् । सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित लामिछानेले उच्च अदालत बुटवलमा रिट दायर गरेका हुन् । 

लामिछाने पत्नी निकिताले सोमबार आफूले श्रीमानको तर्फबाट न्यायका लागि उच्च अदालत बुटवलको ढोका पनि ढक्ढक्याएको बताइन् ।

निकिताले सामाजिक सञ्जाल फेसबुकमार्फत भनिन्, ‘मेरो श्रीमान् भन्नुहुन्छ, यो देशमा शक्ति पृथकीकरण समाप्त भएको धेरै भइसकेको छ, एउटै रावणका फरक टाउका गन्न छाडिदेऊ। तर, श्रीमतीको नाताले मेरो पनि जिद्दी छ—संविधान र कानुनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढकढक्याउँछु।

उनले राजधानी ल्याउनुअघि भैरहवा कारागारमा लामिछानेलाई राखिएको अवस्थामाथि प्रश्न उठाउँदै अझै पनि जीवन सुरक्षाबारे गम्भीर चिन्ता व्यक्त गरेकी छन्। उनले झुटा मुद्दा लगाएर सत्ता र शक्तिको दुरुपयोग गर्दै लामिछानेलाई थुन्ने मात्र नभई संसदमै प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले धम्क्याउने कार्यसमेत भइरहेको दाबी गरिन् । 

निकिताले बिगो तोकी बराबरको बैंक जमानत लिएर जेलबाहिरबाटै मुद्दा लड्न दिनुपर्ने माग गरेकी छन् । तर बिगो तोकी सोही बराबरको बैंक जमानत लिएर रिहा गर्न माग गर्दै दायर यसअघिको मुद्दा जिल्ला अदालत रुपन्देहीले खारेज गरिदिएको थियो ।

537857319_1115449833246808_400807383612331662_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप