सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ । सुनसरी र नुवाकोटमा भएका सवारी दुर्घटनामा २ जनाले ज्यान गुमाएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१४ बिजयपुर चोकस्थित सडकमा को.१ ह ६०१९ नम्बरको अटो र को.३७ प ७९८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१४ बस्ने ३२ वर्षीय सन्दिप मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी नुवाकोटको ककनी गाउँपालिका–२ काउलेस्थित सडकमा बा.प्र.०२–०५५ प ५१४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा चालक इलाम माईजोगमाई गाउँपालिका–५ बस्ने ४५ वर्षीय किरण राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिन सिटी अस्पताल काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण