माओवादीप्रति जनविश्वास बढ्दैछ, प्रतिक्रियावादीहरू आतङ्कित छन् : अध्यक्ष प्रचण्ड
सारांश
- प्रचण्डले पार्टीप्रति जनताको विश्वास बढ्दै गएको बताए, स्थानीय निर्वाचनमा माओवादी केन्द्रको विजयलाई जनविश्वासको प्रतीकको रूपमा व्याख्या गरे।
- उनले पार्टीभित्रका गुटबन्दी अन्त्य गरी पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे, शिक्षा विधेयक लगायतका विषयमा लिएको अडानको चर्चा गरे।
- प्रचण्डले वाईसीएल लगायत जनवर्गीय संगठनलाई श्रम र उत्पादनसँग जोड्न जोड दिए, संगठन विस्तारलाई तीव्रता दिन निर्देशन दिए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताएका छन्।
कर्णाली प्रदेशको पूर्ण बैठकमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पछिल्ला विभिन्न निर्वाचनहरूमा कांग्रेस एमाले मिल्दा समेत माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयले जनविश्वास पुनः प्राप्त हुँदै गएको प्रस्ट भएको उल्लेख गरे ।
उनले स्थानीय तह, स्ववियु, पत्रकार महासंघ लगायत हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकको रूपमा उल्लेख गर्दै भने, “हाम्रो पार्टी र संगठनप्रति जनताको आशा र भरोसा बढ्दो छ। कांग्रेस, एमाले एकातिर र माओवादी केन्द्र एक्लै भए पनि धेरै स्थानमा हामी विजयी भएका छौँ।”
अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको यो बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतङ्कित बनाएको बताए । उनले पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू भइरहेको जनाउँदै गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने स्पष्ट सङ्कल्प स्थायी समितिले गरिसकेको जानकारी दिए ।
शिक्षा विधेयकलगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश पुगेको उल्लेख गर्दै उनले विशेषतः शिक्षक समुदायमा माओवादी केन्द्रप्रति समर्थन बढेको बताए। “कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन्,” उनले उल्लेख गरे।
प्रचण्डले वाईसीएल, विद्यार्थी सङ्गठनलगायत जनवर्गीय सङ्गठनहरूलाई श्रम र उत्पादनसँग जोड्न गरिएको प्रयास सफल भइरहेको दाबी गर्दै सङ्गठन विस्तारलाई अझ तीव्र बनाउनु पर्नेमा जोड दिए। “अब घर–घरमा पुग्ने, टोल–टोलमा सङ्गठन निर्माण गर्ने कार्यलाई तीव्र बनाउनु पर्छ,” उनले निर्देशन दिए।
अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका नेता कार्यकर्ताहरुलाई पार्टी एकता र सङ्गठन विस्तारमा अग्रसर भई राष्ट्रिय राजनीति परिवर्तन गर्न भूमिका खेल्न आग्रह गर्दै बैठकको सफलताको शुभकामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण