मूलधारका दलले एकअर्कालाई देखाएर पन्छिन मिल्दैन : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मूलधार ठुला तीन दलले एक अर्कालाई दोष देखाएर पन्छिन नमिल्ने बताएका छन् ।
सुर्खेतको रामघाटमा बुधबार नवनिर्मित प्रहरी चौकीको उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले निराशा बाँडेर जनताबाट विश्वास जित्ने नसकिने बताए ।
दलीय मतभिन्नतालाई थाती राखेर जनतमाझ आशा र विश्वास दिलाउन सके राजनीति र विकासले सही मार्ग पहिल्याउने उनको भनाइ छ ।
‘एक अर्कालाई कमजोर देखाउन केही भएको छैन भनेर निराशा बाँड्न हुँदैन, ठुला तीन दल पालैपालो शासन सत्तामा छौँ,’ उनले भने, ‘हामीले भएका राम्रा सकारात्मक कामहरू सत्तापक्ष प्रतिपक्षमा विभाजित नभई प्रष्ट भन्न सक्नुपर्छ, जसले जनतालाई व्यवस्थाप्रति भरोसा जगाउन मद्दत पुग्दछ ।’
मुख्यमन्त्री कँडेलले विकास जुन तहका सरकारले गरेपनि यही व्यवस्थाको उपज भएकाले सामूहिकतामा हेरिनुपर्ने धारणा व्यक्त गरे । केही कमजोरी अझैँ छन्, तिनलाई सुधार गर्दै जानुपर्छ तर केही नभएको भन्ने होइन, पर्याप्त कामहरू भएका छन्,’उनले भने ।
उनले अघिल्लो पुस्ता जस्तो अहिलेको पुस्तामा धैर्यता नभएकाले समाज र विकासको गति बुझेर अघि बढ्नुपर्ने बताए ।
‘हामीले ५० वर्षपछि नयाँ प्रहरी चौकी पायौँ, तर अहिलेको पुस्ताले यतिका वर्ष पर्खन सक्दैन,’ उनले भने, ‘हामी जिम्मेवार ठाउँमा भएकाले इमानदारीपूर्वक काम गरेर विश्वास दिलाउन सकौँ, जसले हामी मध्येबाटै चुनिने जनप्रतिनिधिलाई सहजता हुने हो ।’
मुख्यमन्त्री कँडेलले भौतिक पूर्वाधार, उपकरणको बन्दोबस्त मात्र नभई प्रहरीको व्यवहार पनि जनमैत्री हुनुपर्ने औँल्याए ।
कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रदेश सरकारले प्रहरीलाई सबल, सक्षम र सुविधा सम्पन्न बनाउने ध्येयका साथ विभिन्न स्थानमा भवन निर्माणको योजना सञ्चालन गरिएको बताए ।
प्रदेश सरकारका पूर्वमन्त्री खड्कबहादुर खत्रीले तमाम चुनौतीका बाबजुद भवन निर्माण कार्य पुरा भएको बताए । भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले सुविधा सम्पन्न भवनबाट शान्ति सुरक्षा र अपराध नियन्त्रण जस्ता कार्यमा प्रहरी सफल हुनुपर्ने विचार व्यक्त गरे ।
चौकी निर्माणका लागि गाल्वा/क्याराभान/सुपरस्टार जेभी काठमाडौँ र जिल्ला प्रहरी कार्यालय सुर्खेतबिच २०७६ जेठ ११ गते सम्झौता भएको थियो ।
एक करोड ५७ लाख ५८ हजार ३८० रुपैयाँ लागतमा सम्झौता भएपनि भवन भने एक करोड ३२ लाख ७ हजार ७२ रुपैयाँमा सम्पन्न भएको हो । ३०२ वर्ग मिटरमा बनेको तिन तले भवनमा ब्यारेक, अफिस, गार्ड रुम, हिरासत कक्ष, मनोरञ्जन कक्ष, शौचालय, मेस लगायतका संरचना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को उद्घाटन समारोह : कहिले हुन्छ सुरु, को-को गर्दैछन् प्रस्तुति ?
-
संस्थापनले सहमतिका लागि कुनै प्रस्ताव पठाएको छैन : डा.शेखर कोइराला
-
‘धरौटी होइन, प्रभावकारी नियमन गर’ भन्दै फेकनद्वारा मन्त्रालय र दलका नेताहरूलाई ज्ञापनपत्र
-
रास्वपाकाे बागमती प्रदेश अधिवेशन स्थगित, प्रहरीले कार्यक्रमस्थल खाली गरायाे
-
'मेरो मुख्य जोड सार्वजनिक यातायातको सुधार र सडक सुरक्षामा छ'
-
तराईलाई गर्मीबाट केही राहत : काठमाडौँसहित यी सहरमा मध्यम वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण