शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

बुधबार, ११ भदौ २०८२, २२ : १४
बुधबार, ११ भदौ २०८२

सारांश

  • सप्तरीको महदेवा गाउँपालिकाका पूर्व अध्यक्ष दीपककुमार यादवको निधन भएको छ ।
  • उनी जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार थिए र क्यान्सरबाट पीडित थिए ।
  • यादवको निधनप्रति जसपा सप्तरीले दुःख व्यक्त गरेको छ, उनी विभिन्न आन्दोलनमा सक्रिय थिए ।

सप्तरी । सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८ वर्षको उमेरमा आज  निधन भएको छ । 

महदेवा गाउँपालिका–३, बथनाहा निवासी यादव जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार थिए । लामो समयदेखि उनी क्यान्सर रोगबाट पीडित रहेका थिए । 

चिकित्सकको निगरानीमा उपचाररत रहेका उनको आफ्नै निवासमा निधन भएको  जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले जानकारी दिए ।

यसैबिच यादवको निधनप्रति जसपा सप्तरीले गहिरो दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ ।  प्रजातान्त्रिक आन्दोलन, जनआन्दोलन र मधेस आन्दोलनमा समेत उनले सक्रिय सहभागिता जनाएका थिए । उनका एक छोरा, एक छोरी र पत्नी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप