सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
झरीमा रुझ्दै महानगरको कार्यालय पुगे कवाड व्यवसायी, तस्बिरहरू
प्रदर्शन

झरीमा रुझ्दै महानगरको कार्यालय पुगे कवाड व्यवसायी, तस्बिरहरू

बिहीबार, १२ भदौ २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको ज्यादतीविरुद्ध कवाड व्यवसायीले आज बिहीबार तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । झरी रुझ्दै महानगरको कार्यालय पुगेका उनीहरूले महानगर प्रमुख बालेन शाहको विरुद्ध नाराबाजी गरेका हुन् ।

Kawadi Sanghko protest_ (1)

भृकुटीमण्डपबाट सुरु भएको कवाड व्यवसायीको र्‍याली कमलादीस्थित काठमाडौँ महानगरपालिका पुगेको थियो । प्रदर्शनमा सहभागी धेरैले राष्ट्रिय झण्डा बोकेका छन् । 

Kawadi Sanghko protest_ (2)

सर्वोच्च अदालतको आदेश विपरीत काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले कवाड व्यवसायीमाथि ज्यादती गरिरहेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । सर्वोच्चको आदेश पालना गर्नुपर्ने र कवाड व्यवसायीलाई शान्तिपूर्ण वातावरणमा व्यवसाय गर्न दिनुपर्ने उनीहरूको माग छ ।

Kawadi Sanghko protest_ (3)

आन्दोलनमा सहभागीहरूले सर्वोच्च अदालतको आदेश पालना गर, कवाड व्यवसायीमाथिको अत्याचार बन्द गर, बालेनको गुण्डागर्दी एवं तोडफोड बन्द गर, बालेन तेरो पाराले दुख पायो साराले लगायतका नारा लगाएका छन् ।

Kawadi Sanghko protest_ (4)

उनीहरूले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

Kawadi Sanghko protest_ (5)Kawadi Sanghko protest_ (6)Kawadi Sanghko protest_ (7)Kawadi Sanghko protest_ (8)Kawadi Sanghko protest_ (9)Kawadi Sanghko protest_

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया