बँदेललाई थापेको पासोमा चितुवा फस्यो
सुर्खेत । सुर्खेतको लेकबेँसी नगरपालिका वडा नम्बर ७ लमनास्थित जंगलमा बँदेललाई थापेको पासोमा चितुवा फसेको छ ।
साेमबार बिहान बँदेललाई थापेको पासोमा चितुवा फसेकाे डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख बसन्तबाबु श्रेष्ठले राताेपाटीलाई जानकारी दिए ।
आज बिहान करिब ११ः१० बजेतिर गाउँबाट करिब १ सय मिटरको दुरीमा रहेको जंगलमा चितुवा पासोमा परेको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय लेकबेँसी सुर्खेतबाट प्रहरी नायव निरीक्षक मनिष गुरुङको कमान्डमा पाँच जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो ।
प्रहरी टोली घटनास्थल पुगिसकेको र अहिले वन कार्यालयसँग समन्वय भइरहेको बुढ्थापाले बताए । चितुवालाई पासोबाट सुरक्षित उद्धार गर्ने प्रयास भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘धरौटी होइन, प्रभावकारी नियमन गर’ भन्दै फेकनद्वारा मन्त्रालय र दलका नेताहरूलाई ज्ञापनपत्र
-
रास्वपाकाे बागमती प्रदेश अधिवेशन स्थगित, प्रहरीले कार्यक्रमस्थल खाली गरायाे
-
'मेरो मुख्य जोड सार्वजनिक यातायातको सुधार र सडक सुरक्षामा छ'
-
तराईलाई गर्मीबाट केही राहत : काठमाडौँसहित यी सहरमा मध्यम वर्षा
-
जनशक्तिको अभाव झेल्दै औषधि व्यवस्था विभाग : गुनासो आउँछन्, कारबाही हुँदैन
-
बसुन्धारामा रहेको गार्मेन्टमा आगलागी, ८ करोड बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण