आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल भाद्र १७ गतेको बार, तिथि, नक्षत्र र अन्य विवरणहरू समावेश छन्।
- आजको राशिफलमा मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन राशिका लागि दैनिक भविष्यवाणी दिइएको छ।
- लेखमा विभिन्न बेला र राहुकालको समय उल्लेख गरिएको छ, र शुभ कार्यका लागि उपयुक्त समय निर्धारण गर्न सुझाव दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल भाद्र १७ गते । मंगलबार । ईश्वी सन् २०२५ सेप्टेम्बर २ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–दशमी, ४७ घडी ४० पला, रातको १२ बजेर ४७ मिनेट उप्रान्त एकादशी । नक्षत्र–मूल, २६घडी १२ पला, बेलुकी १० बजेर १२ मिनेट उप्रान्त पूर्वाषाढा । योग– प्रिती, २६ घडी २२ पला, बेलुकी ४ बजेर १६ मिनेट उप्रान्त आयुष्मान । करण–तैतिल, दिउसो १२ बजेर १३ मिनेट उप्रान्त गर, रातको १२ बजेर ४७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–धनु ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ४३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २१ मिनेट । दिनमान ३१ घडी ३७ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर ४३ मिनेटसम्म अमृत रोग बेला ।
- बिहान ५ बजेर ४४ मिनेटदेखि बिहान ७ बजेर १८ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ७ बजेर १९ मिनेटदेखि बिहान ८ बजेर ५३ मिनेटसम्म चर बेला ।
- बिहान ८ बजेर ५४ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म लाभ बेला ।
- बिहान १० बजेर २९ मिनेटदेखि बिहान १२ बजेर २ मिनेटसम्म अमृत बेला ।
- मध्यान्ह १२ बजेर ३ मिनेटदेखि दिउसो १ बजेर ३७ मिनेटसम्म काल बेला ।
- दिउसो १ बजेर ३८ मिनेटदेखि दिउसो ३ बजेर १२ मिनेटसम्म शुभ बेला ।
- दिउसो ३ बजेर १३ मिनेटदेखि बेलुकी ४ बजेर ४७ मिनेटसम्म रोग बेला ।
- बेलुकी ४ बजेर ४८ मिनेटदेखि बेलुकी ७ बजेर ४७ मिनेटसम्म काल बेला ।
नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउसो ३ बजेर १२ मिनेटदेखि बेलुकी ४ बजेर ४६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ७ मिनेटदेखि बिहान ४ बजेर ४५ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा बलियो उपस्थिति रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रको लगानी फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश विदेशको यात्रा हुनेछ । प्रशासनिक क्षेत्रमा गतिलो तथा सम्मानजनक उपस्थिति रहनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक वस्तु तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । आफन्त तथा साथी भाइसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । व्यापारमा लगानी गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शङ्का गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । व्यापारकै सिलसिलामा यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ । तर पनि यात्रा गर्दा वा सवारी साधन चलाउँदा ध्यान दिनुहोला ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयले साथ दिने हुनाले व्यापारमा सानो लगानीबाट पनि नाफा कमाउन सकिनेछ । शेयर बजारमा आज गरिने लगानी भविष्यको लागी आम्दानीको गतिलो स्रोत बन्नेछ । जागिर वा अध्ययनमा हुने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । फिल्मी क्षेत्र वा मनोरञ्जनात्मक क्षेत्रमा चासो बढ्नेछ । पारिवारिक सम्बन्ध सुदृढ तथा सहयोगात्मक रहनेछ । तर पनि न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउन सक्छन् ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यवसाय तथा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा विश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरूले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफ्नै मेहनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मूल्याङ्कन हुनेछ । दाजुभाइ तथा छिमेकीको सँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । अध्ययन वा कामको सवालमा यात्राको योग रहेको छ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । तर पनि नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम नआउन सक्छ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) धन स्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन, उत्तम वस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाइने हुनाले मन प्रसन्न हुनेछ । लगनशील तथा इमानदार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । विभिन्न अवसर आउने तथा ती अवसरहरूको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । राज्यको निकायमा बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) हुन तथा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। । नयाँ काममा हात हाल्न केही समय पर्खँदा राम्रो हुनेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ ध्यान दिनुहोला । लामो दुरीको यात्राको तय गर्न सकिने भए पनि यात्राका क्रममा ध्यान दिनुहोला । रुपैयाँ पैसा फस्ने योग रहेको छ ख्याल गर्नुहोला ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) इमानदार तथा लगनशील भएर लाग्नाले समाजमा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरी सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । शिक्षा क्षेत्र, शेयर बजार तथा वित्तीय क्षेत्रमा समय लगानी गर्नेहरूका लागी समय फलदायी रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पुराना समस्याहरू समाधान गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न सकिने तथा पहुँच बिस्तार गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ । परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहयोग पुग्नेछ । नोकरी तथा व्यावसायिक क्षेत्रमा देखिएका चुनौतीहरूलाई चिर्दै गन्तव्यमा पुग्न सकिनेछ । प्रेम सम्बन्धहरूलाई विवाहमा परिणत गरी घर गृहस्थी सुचारु गर्ने समय रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण