मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सेनेगलसँग अंक र गोल सबै बराबर भए पनि यसकारण जापान अन्तिम १६ मा

बिहीबार, १४ असार २०७५, २१ : ५०
बिहीबार, १४ असार २०७५

काठमाडौँ । कोलम्बिया र जापान क्रमशः समूह एचको विजेता र उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।

अन्तिम खेलमा सेनेगललाई १–० गोलअन्तरले पराजित गर्दै सर्वाधिक ६ अंकसहित कोलम्बिया समूह विजेता बन्न सफल भएको हो ।

उता, जापान र सेनेगलको अंक, गोल अन्तर, गरेको गोल, दुई बीच भएको खेलमा हासिल गरेको अंक, दुई बीच भएको खेलमा गरेको गोल सबै बराबर भए पनि जापानले फेयर प्लेको आधारमा अर्को चरणमा स्थान बनायो ।

अन्तिम खेलमा पोल्याण्डसँग जापान पनि १–० गोलअन्तरले पराजित भएपछि समूह चरणको तीन खेलपछि जापान र सेनेगलको समान ४ अंक रहेको थियो । त्यसमाथि गरेको गोल ४ र खाएको गोल पनि ४ भएकाले दुवैको गोलअन्तर पनि समान ०–० रहेको थियो ।

त्यस्तै दुई टोलीबीचको खेल २–२ को बराबरीमा सकिएको थियो ।

सबै मापदण्डमा दुई टोली बराबरी भएपछि फेयर प्लेको नियम लागुभएको हो । यस अनुसार सेनेगलको तुलनामा कम कार्ड खाएको कारण जापान अर्को चरणमा आफ्नो स्थान बनाउन सफल भएको छ । 

जापानले ४ वटा पहेँलो कार्ड खाँदा सेनेगलले ६ वटा पहेँलो कार्ड खाएको थियो ।

यो सँगै जापान फेयर प्लेको आधारमा छनौट हुने पहिलो टोली बनेको छ ।

उता, येरी मिनाको गोलको मद्दतले कोलम्बियाले तीन खेलमध्ये दुईमा जीत हासिल गर्दै ६ अंकसहित समूह विजेता बन्दै अर्को चरणमा प्रवेश गर्न सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप