भक्तपुरका फार्मेसीमा प्रहरीको छापा : प्रेस्क्रिप्सन बिना औषधी लिने–दिने पाँच पक्राउ
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले चिकित्सकको प्रेस्क्रिप्सन विना बिक्री वितरण गर्न नपाईने औषधी बिक्री–वितरण र खदिर गरेको आरोपमा पाँच जनालाई मानिसलाई पक्राउ गरेको छ ।
प्रहरीले प्रेस्क्रिप्सन बिना औषधी बिक्री वितरण गर्ने तीन जना फार्मेसी संचालक र दुई जना औधषी खरिदकर्तालाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं ५ सल्लाघारीमा अरनी हाईवे पोलिक्लिनिक प्रा.लिकी संचालिका दोलखा तामाकोसी गाँउपालिका वडा नं ३ घरभएकी सृजना घिमिरेलाई पक्राउ गरेको हो ।
सोही स्थानमा अर्विषा फार्मेसी संचालन गर्ने कैलाली जिल्ला टिकापुर २ बिक्रम खड्कालाई समेत पक्राउ गरेको छ ।
खरिद गरेको आरोपमा भक्तपुर जिल्ला मध्यपुरथिमि– ९ निकोशेरा बस्ने बर्ष २० को किरण कासुला, सूर्यविनायक–२ बालकोट बस्ने बर्ष २३ को रुपक खत्री र काभ्रे जिल्ला काशीखण्ड नगरपालिका–२ बस्ने बर्ष २० को विकास लामालाई पक्राउ गरेको हो ।
औषधी व्यवस्था विभागसंग आवश्यक समन्वय गरि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधी र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले उक्त दुवै पसल शिलबन्दी गरेको छ ।
प्रहरीले अर्विफा फार्मेसीबाट ट्रफा ५० एमजि नामक औधषी १ हजार ८ सय क्याप्सुल बरामद गरेको परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेवति रमण पोखरेलले जानकारी दिएका छन् ।
अरनी हाईवे पोलिक्लिनिकबाट ट्रमा ५० एमजी ९० क्यापसुल, कोड टेबल १५ एमजी १ सय ३७ ट्याब्लेट, क्लोजिप ०.५ एमजी १ सय २० ट्याब्लेट समेत जफत गरेको छ ।
उल्लेखित औषधिहरु बरामद गरी औषधी व्यवस्था बिभागले लिई गएको र उक्त क्लिनिक एवं फार्मेसी संचालन गरी औषधी बिक्री गर्ने मानिस विभागमा पठाउने गरी प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण