आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

शिक्षक महासङ्घले आज ५ पार्टी कार्यालयमा धर्ना दिने

बिहीबार, १९ भदौ २०८२, ०८ : २५
बिहीबार, १९ भदौ २०८२

सारांश

  • नेपाल शिक्षक महासङ्घले आज ५ वटा पार्टी कार्यालयमा धर्ना दिने भएको छ।
  • धर्ना कार्यक्रम बिहान ११ बजेदेखि १ बजेसम्म चल्नेछ, जसमा शिक्षकहरूलाई सहभागी हुन अनुरोध गरिएको छ।
  • शिक्षक महासंघले पार्टीहरूलाई शिक्षकका मागप्रति ध्यानाकर्षण गराउन धर्ना दिन लागेको हो।

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आज  ५ वटा राजनीतिक दलको कार्यालयमामा धर्ना दिने भएको छ। बिहान ११ बजेदेखि १ बजेसम्म चल्ने यो कार्यक्रममा सहभागी हुने महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकहरूलाई अनुरोध समेत गरेका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय बबरमहल हुने कार्यक्रमको संयोजन अध्यक्ष सुवेदीले गर्ने भएका छन् । त्यस्तै जनमत पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन सहअध्यक्ष नानुमाया पराजुलीले गर्ने बताइएको छ । 

जनता समाजवादी पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन उपाध्यक्ष पुष्प कुँवरले गर्नेछन् भने नागरिक उन्मुक्ति पार्टीको कार्यालयमा हुने कार्यक्रमको संयोजन ८महासचिव तुलाबहादुर थापाले गर्नेछन् । राष्ट्रिय जनमोर्चा कार्यालयमा हुने कार्यक्रमको संयोजन सचिव कल्पना पनेरुले गर्नेछिन् । 

धर्ना कार्यक्रमको मुख्य उद्देश्य पार्टीहरूलाई शिक्षकहरूको मागप्रति ध्यानाकर्षण गराउनु रहेको महासंघले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप