नक्कली विवाह गराइ ठगी गरेको आरोपमा सुर्खेतमा दुई जना पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली विवाह गराई ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेखका गोपाल कुमार विक (४०) र अछामकी भविसरा रास्कोटी मगर (३८) रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार सामाजिक सञ्जाल फेसबुक लगायतका माध्यमबाट कुराकानी गरी नक्कली आमाबुवा तथा छोरी बनेर विवाह गर्ने र विवाहपश्चात बेहुलीले नगद तथा गरगहना लिएर बेपत्ता भई ठगी गर्ने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा फरक फरक मितिमा विभिन्न पुरुष व्यक्तिसँग एउटै महिलालाई विवाह गराइ ठगी गरेको भन्दै पीडितहरूले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
सोही जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका गोपाल कुमार विक दैलेख साढु घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बस्ने होटल सदाशंकरका सञ्चालक हुन् ।
त्यस्तै भविसरा रास्कोटी मगर अछाम तुर्माखाद गाउँपालिका– ३ सिजी घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० बस्दै आएकी छिन् ।
उनीहरूलाई आपराधिक लाभ तथा ठगी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बुढ्थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थापनले सहमतिका लागि कुनै प्रस्ताव पठाएको छैन : डा.शेखर कोइराला
-
‘धरौटी होइन, प्रभावकारी नियमन गर’ भन्दै फेकनद्वारा मन्त्रालय र दलका नेताहरूलाई ज्ञापनपत्र
-
रास्वपाकाे बागमती प्रदेश अधिवेशन स्थगित, प्रहरीले कार्यक्रमस्थल खाली गरायाे
-
'मेरो मुख्य जोड सार्वजनिक यातायातको सुधार र सडक सुरक्षामा छ'
-
तराईलाई गर्मीबाट केही राहत : काठमाडौँसहित यी सहरमा मध्यम वर्षा
-
जनशक्तिको अभाव झेल्दै औषधि व्यवस्था विभाग : गुनासो आउँछन्, कारबाही हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण